लण्डन।
चार भन्ज्याङ तमु समाज यूकेले २ मार्च २०२४ मा आयोजना गर्न लागेको रात्रीभोजमा वहुचर्चित लोकदोहरी गायक गायिका निर्जला गुरुङ र सविन गुरुङले सांगितिक प्रस्तुती प्रस्तुत गर्ने भएका छन् ।
पछिल्लो समय दोहोरीको क्षेत्रमा करोडौ दर्शकको मन जित्न सफल दोहोरीमा अब्बल निर्जला गुरुङ र सविन गुरुङले Charity Dinner Night कार्यक्रम सांगितिक प्रस्तुती राख्ने भएपछी समाजका सदस्यहरु हार्षित भएका छन ।
चार भन्ज्याङ तमु समाज यूकेले आयोजना गरेको Charity कार्यक्रम को अवसर पारेर गायक गायिकाहरुलाई सांगितिक प्रस्तुतीका लागि निम्तो दिएको र उहाहरुको प्रस्तुतिले सवैलाई भरपुर मनोरञ्न हुने आशा लिएको चार भन्ज्याङ तमु समाज यूकेका अध्यक्ष वेनकुमार गुरुङले जानकारी दिनुभयो ।
चार भन्ज्याङ तमु समाजले आयोजना गरेको यस महत्वपुर्ण कार्यक्रममले चार भन्ज्याङ तमु समाजका सदस्यहरु लगायत अन्य विभिन्न समाजका अगुवाहरु ,दाजुभाई ,दिदिवहिनी, लगातका आफन्तजनहरु विच आत्मिय सत्भाव का लागि मत्वपुर्ण भुमिका खेल्ने पनि अध्यक्ष गुरुङले वताउनु भयो ।
समाजले केही वर्षदेखी विभिन्न कार्यक्रमको आयोजना गर्दै नेपालका विभन्न ठाउमा सामाजिक सेवाका कार्यहरु गर्दै आएको छ ।
विषेश गरि चारभन्ज्याङ गाँउमा स्थापना भएको चारभन्ज्याङ स्वास्थ्य केन्द्र ,टेलिमेडिसिन संचालनले ग्रामिण गाँउका विपन्न वर्गहरुलाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।
तेसै गरि समाजले नेपालका ग्रामिण वस्तीमाहरुमा शिक्षा , स्वास्थ्य र कृषि क्षेत्रको विकासका लागि सहयोग पुग्ने कार्यक्रम संचालन गर्दै आएको छ ।समाजले आयोजना गरेको यस कार्यक्रममा चार भन्ज्याङ तमु समाजका सदस्यहरु ,दाजुभाई ,दिदिवहिनी, सवैलाई उपस्थित हुनका लागि अध्यक्ष वेन कुमार गुरुङले आग्रह गनूभएको छ ।