दिल सागर विसी /
१४ फागुन ,पर्वत/
पर्वतका ८६११ वालवालिका लाई दादुरा रुवेला खोप लगाइने भएको छ । फागुन १३ गतेदेखी पर्वतमा दादुरा रुवेला खोप अभियान संचालन भैरहेको छ । आईतवार फलेवास नपा ६ देविस्थान रहाले खोप केन्द्रमा एक कार्यक्रमको आयोजना गरि खोप अभियान सुभारम्भ गरिएको हो । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवंम जिल्ला समन्वय प्रमुख विष्णूराम विकको अध्यक्षता तथा फलेवास नगरपालिका का प्रमुख गंगाधर तिवारीको आतिथ्यतामो खोप अभियान सुभारम्भ गरिएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।
१३ गते पहिलो दिन पर्वतका ४ वटा पालिकामा रहेको ३० वटा खोप केन्द्रमा वेलुका ५ वजे सम्म ९ महिना देखी ५ वर्ष सम्मका ८१८ जना वालवालिकाहरुलाई दादुरा रुवेला खोप लगाइएको स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर निरिक्षक नारायण प्रसाद रेग्मी जानकारी दिनुभएको छ । खोप अभियानक प्रभावकारी रुपमा संचालन भैरहेको पनि रेग्मीले वताउनु भयो ।

अभियानमा ९ महिना देखी ५ वर्ष सम्मका सवै वालवालिकाहरुलाई दादुरा रुवेला रोग विरुद्धको खोप लगाइने हुदा वालवलवालिकाहरुलाई नजिकैको खोप केन्द्रमा लगेर दादुरा रुवेलाको खोप लागाउनुहुन कार्यालयले अनुरोध अनुरोध गरेको छ । अभियानमै ५ वर्ष मुनिका वालवालिकाहरुलाई छुट भएका नियिमित खोपहरु पनि लगाइनेहूदा खोप कार्ड लिएर आउनुहुन समेत अनुरोध गरेको छ ।
स्वस्थ्य कार्यालय पर्वतका अनुसार फागुन महिनाको १३ गते देखी १७ गते सम्म पर्वत जिल्लाका फलेवास नगरपालिका ,महाशिला गाउपालिका ,पैयू गाउपालिका र विहादी गाउपालिकामा दादुरा रुवेला खोप अभियान संचालन हुदै छ ।
दादुरा रुवेला लागेको १ जना व्यक्तिले १८ जना सम्मलाई संक्रमण गर्न सक्छ । त्यसैले सो रोगवाट सुरक्षितहुन अनिवार्य रुपमा वालवालिकाहरुलाई दादुरा रुवेला खोप लगाउन स्वस्थ्य कार्यालय पर्वतले अनुरोध गरेको छ । फागुन २१ देखी २६ गते सम्म कुश्मा नगरपालिका ,मोदी गाउपालिका र जलजला गाउपालिकामा दादुरा रुवेला खोप अभियान संचालन गरिने स्वास्थ्यकार्यालय पर्वतका कोल्चेन अधिकृत जयेन्दमान गूरुङले जानकारी दिनुभयो ।








