लन्डन/
चार भञ्ज्याङ तमु समाज यु के को १४ औ परोपकारी रात्रीभोज कार्यक्रम गत 2 मार्च शनिबार लण्डन स्थित फेल्थाममा सम्पन्न भएको छ ।
पर्वतको चारभन्ज्याङ क्षेत्र फलेवास ८ ठानामौलामा विगत ११ वर्ष देखी संचालन भैरहेको टेलिमिडिसिन लाइ आर्थिक संकलन गर्ने अभियान अन्र्तगत चार भञ्ज्याङ तमु समाज युके को १४ औ वार्षिक च्यारिटी डिनर सम्पन्न भएको हो ।
च्यारिटी कार्यक्रम बेलायतका लागि नेपाली राजदुत महामहिम ज्ञान चन्द्र आचार्यको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथि राजदूत ज्ञानचन्द्र आचार्य एवम चार भञ्ज्याङ तमु समाजका अध्यक्ष बेन गुरुङले पानसमा बत्ति बालेर उदघाटन गर्नुभएको थियो ।
कार्यक्रममा बिशिस्ट अतिथिमा गैर आवसिय नेपाली संघ अन्तरराष्ट्रिय सम्मोनय परिषदका उपाध्यक्ष श्री रामशरण सिमखडा, NRNA ICC,Welfare Gurkhas Taskforce अध्यक्ष साथै चार भञ्ज्याङ तमु समाज आई सि सि अध्यक्ष हले चन्द्र बहादुर गुरुङ तथा पुर्व आमा प्रमुख CBTSUK श्रीमती बिमला गुरुङ,बिशेष अथिति President NRNA UK, श्री हितकाजी गुरुङ तथा निवर्तन आमा प्रमुख तमु धी यु के सिता गुरुङ,President NRNA UK, प्रेम गाहा मगर, पूर्व मेहर तथा हाँस्लो काउसिलर बिष्णु गुरुङ ,President Tamu Dhee UK,श्री हरी गुरुङ, तथा बर्तवन आमा प्रमुख तमु धी यु के श्रीमती सन्ध्य गुरुङ, President Tamu Samaj UK श्री शिव कुमार गुरुङ तथा श्रीमती मिना गुरुङ, GPIG गोर्ख पेन्सेन इन्जस्टिस् ग्रुप तथा कोल्चेस्टर नेपाली समाज अध्यक्ष मेरि उदय बहादुर गुरुङ एम. बि. ई, Maj Hugh Bardell MBE, Mrs Sue Malyon, सस्थापक CBTSUK ले. नारायण प्रसाद गुरुङ BEM, NRNA ICC Reginal W/ सम्योजक श्रीमती प्रसुना कडेल लगाएत विभिन्न संघ सस्थाका अध्यक्षहरु ,प्रतिनिधि चार भञ्ज्याङ तमु समाजका सदस्यहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सवै अतिथिहरु तथा पाहुनाहरुलाई चार भञ्ज्याङ तमु समाज यु के को तर्फबाट अध्यक्ष बेन गुरुङले धन्यवाद व्यक्त गनूभएको छ ।
च्यारीटी कार्यक्रम महासचिव अमर गुरूङले संचालन गर्नुभएको थियो भने संयोजन उपाध्यक्ष दुर्गा गुरुङले गर्नु भयको थियो ।
२ मार्च २०२४ मा सम्पन्न रात्रीभोजमा नेपालका वहुचर्चित लोकदोहरी गायक गायिका निर्जला गुरुङ र सविन गुरुङले सांगितिक प्रस्तुती राखेका थिए । पछिल्लो समय दोहोरीको क्षेत्रमा करोडौ दर्शकको मन जित्न सफल निर्जला गुरुङ र सविन गुरुङको सांगितिक प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएको समाजले जनाएको छ ।
ग्रामिण भेगमा स्थापना गरिएको टेलिमेडिसिनले गरिव तथा विपन्न समुदायलाई प्रतक्ष फाइदा पुगेको महसुस गर्दै चारभन्ज्याङ तमु समाज यूकेले आर्थिक संकलन अभियान अन्तर्गत वार्षिक च्यारिटी डिनर कार्यक्रम सम्पन्न गरेको समाजका अध्यक्ष बेन गुरुङले जानकारी दिनुभयो । पर्वतको ग्रामिण क्षेत्र फलेवास ८ ठानामौलामा संचालित चारभन्ज्याङ स्वस्थ्य केन्द्र वाट हाल सम्म ३१ ह्जार बिमारिले निशुल्क स्वस्थ सेवा सुबिधा पाएका छन् ।
चार भञ्ज्याङ्ग स्वास्थ्य केन्द्र टेलिमेडिसिनले वेलायतमा रहेको स्वीन्फन च्यारिटियवल ट्रष्ट संस्था संग सम्पर्क समन्वय गरि विशेषज्ञ डाक्टरहरु द्धारा अनलाईन मार्फत प्रत्यक्ष उपचार प्रदान गर्दै आएको छ ।