निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, अशोज २७, २०८१
Sunday, October 13, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

चार भन्ज्याङ समाजको सहयोगमा विद्यालयलाई कम्प्यूटर वितरण

२४ फागुन पर्वत ।

पर्वतको फलेवास नगरपालिका ८ र महाशिला ६ मा रहेका विद्यालयलाई शैक्षिक गुणस्तरका लागि कम्प्यूटर सहयोग गरिएको छ ।
वेलायतमा स्थापना भएर सामाजिक कार्यमा क्रियाशिल चार भन्ज्याङ तमु समाज यूकेले पर्वतको चार भन्ज्याङ गाँउमा रहेका विद्यालयलाई कम्प्यूटर सहयोग गरेको हो ।
वुधवार फलेवास ८ मा रहेको जनज्योती माविमा एक कार्यक्रमको आयोजना गरि साम्रगीहरु वितरण गरिएको समाजका यूके नेपाल कोअर्डिनेटर क्या. देउ व गुरुङले जानकारी दिनूभयो ।

कार्यक्रममा चार भन्ज्याङ समाजका सल्लाहकार तथा जनज्योती माविका जग्गादाता टेक वहादु गूरुङले चार भन्ज्याङ तमु समाजयूकेको सहयोगमा प्राप्त कम्प्यूटरहरु र प्रोजेक्टरहरु विद्यालयहरुलाई वितरण गर्नूभएको थियो ।

सहयोग प्राप्त गर्ने विद्यालयहरु तिनधारे प्रावि लाई २ थान डेस्टप कम्यूटर ,१ थान प्रीन्टर जनज्योति माविलाई १ थान प्रोजेक्टर , फलामखानी आधारभुत विद्यालयलाइ १ थान प्रोजेक्टर र १ थान प्रीन्टर तेसै गरि महाशिला ६ मा रहेको सरस्वती आधारभुत लाई ४ थान डेष्टप कम्प्यूटर वितरण गरिएको छ ।
सोही अवसरमा चार भन्ज्याङ स्वास्थ्य केन्द्र टेलिमेडिसिन लाई १ थान प्रिन्टर उपलब्ध गराएको चार भन्ज्याङ समाजले जानकारी दिएको छ ।
समाजले विगत वर्षहरुमा पनि विद्यालयलाइहरु लाई आवश्यकता अनुसार विभिन्न सहयोग गदै आएको छ । समाजको अगुवाईमा संचालन भएको चार भन्ज्याङ स्वास्थ्य केन्द्र टेलिमेडिसिनले सो क्षेत्रमा निशुल्क रुपमा स्वस्थ्य सेवा प्रदान गर्दै आएको छ । समाजले केही वर्षदेखी विभिन्न कार्यक्रमको आयोजना गर्दै नेपालका विभन्न ठाउमा सामाजिक सेवाका कार्यहरु गर्दै आएको छ ।
विषेश गरि चारभन्ज्याङ गाँउमा स्थापना भएको चारभन्ज्याङ स्वास्थ्य केन्द्र ,टेलिमेडिसिन संचालनले ग्रामिण गाँउका विपन्न वर्गहरुलाई स्वास्थ्य सेवा प्रदान गरेको र विपन्न समुदायलाइ प्रतक्ष सेवा पुगेको चार भन्ज्याङ तमु समाज यूकेका अध्यक्ष वेन कुमार गुरुङले जानकारी दिनुभएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img