निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

वादर धपाउन ३५ जना हेरालु राख्दै पंयू गाउपालिका


८ चैत, पर्वत
पर्वतको पंयू गाउपालिकाले वादर धपाउनका लागि ३५ जना हेरालो राख्ने भएको छ । किसानले लगाएको वाली सखाप पार्न थालेपछी गाउँसभाले सातवटै वडामा बाँदर हेरालु हेरालु नियुक्त गर्ने निणर्य गरेको गाउँपालिका अध्यक्ष तोरणमल्ल ठकुरीले जानकारी दिए बर्षभरी खानका लागि लगाउने बालीनालीलाई बाँदरले सखाप पार्न थालेपछि गाउँपालिकाले हेरालु नियुक्तीको निर्णय गरेको हो ।


बाँदरको आतंकका कारण खेतवारीमा लगाएको बालीनाली मात्र हैन घर भित्रै पसेर अन्नवाली, पकाएको खाना समेत सखाप पार्ने गरेको छ । केहि वर्ष अघिदेखि बाँदर नियन्त्रणका लागि सवै वडाका खेतीयोग्य जमिन र बस्ती वरिपरीका रुख कटानी अभियान समेत थालेको भएपनि नियन्त्रण हुन नसकेपछि हेरालो नै नियुक्त गरेर धपाउन थालिएको अध्यक्ष ठकुरी वताए ।


बाँदर हेरालु कर्मचारी नियुक्त भएपछि बाँझै रहेको खेतीयोग्य जमिनमा समेत कृषकले बालीनाली लगाउने अपेक्षा गाउँपालिकाको छ । बाँदरकै आतंकका कारण तीन खेती हुने खेतवारीमा समेत स्थानीयले मुस्किलले धानवाली मात्र गर्छन भने हिउँदको समयमा बाँझै राख्ने गरेका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img