निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

विश्व क्षयरोग दिवसको अवसरमा पर्वतमा अन्तरक्रिया

चैत्र ९ पर्वत ।
विश्व क्षयरोग दिवसको अवसरमा पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मार्च २४ तारिकमा विश्वभर मनाइदै आईएको क्षयरोग दिवस होली पर्वका कारण यस वर्ष २२ तारिक सुक्रवार मनाइएको छ । स्वास्थ्य कार्यालय पर्वतको आयोजनमा “हामी क्षयरोग अन्त गर्छौ” भन्ने मुल नाराका साथ पत्रकार अन्तरक्रिया तथा अन्तर संवाद सुक्रवार सम्पन्न भएको छ।

कार्यक्रममा कुस्मा नगरपालिकाका स्वास्थ्य संयोजक यम प्रसाद शर्मा, जिल्ला स्थित विभिन्न संचार माध्यमका संचारकर्मीहरु, क्षयरोग कार्यक्रम साझेदार निकायका प्रतिनिधि, पर्वत अस्पताल प्रयोगशाला प्रतिनिधिको गरी २३ जनाको उपस्थिती रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा क्षयरोग कार्यक्रमका संयोजक ल्याब टेक्निसियन निरिक्षक उज्जवल तिवारीले क्षयरोगको वारेमा जानकारी गराउदै नेपालमा क्षयरोगको वर्तमान अवस्थाको वारेमा सहजिकरण गर्नुभएको थियो ।


कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष शन्तोष थापाले समुदायमा क्षयरोग सम्वन्धि सचेतना थप प्रभावकारी गराउनु पर्ने जोड दिदै रोगीहरुलाई स्वास्थ्य संस्थामा ल्याउनका लागि सवै सरोकार निकायले भुमिका खेल्नु पर्ने वताउनु भयो । थापाले सवै मिडिया कर्मीहरुलाई क्षयरोगको निवारणका लागि समचार प्रकाशन प्रसारण गरि सहयोग गर्न समेत आग्रह गनूभयो ।


क्षयरोग लागेको विरामीले खोक्दा हाच्छयु गर्दा खकारवाट क्षयरोगका किटाणुहरु हावामा निस्कने र स्वासप्रस्वासको माध्यमवाट फोक्सोमा गएर असर गर्ने भएकाले लक्षण देखिएका व्यक्तिहरुलाई स्वस्थ्य संस्थामा लगेर नियमित उपचारको व्यवस्था गराउनु पर्ने हुन्छ ।


क्षयरोग माइकोव्याक्टेरियम ट्युवरक्युलोसिस नामक आखाले देख्न नसकिने किटाणुबाट लाग्ने सरुवा रोग भएकोले समुदायमा सहजै फैलल सक्ने सम्भावना वढी रहेका कारण सवै सजक रहन र भिडमा जादा मास्कको प्रयोग गनूपर्ने हुन्छ ।


क्षयरोगका विरामीले नियमित रुपमा ६ महिना सम्म नियमित औषधी सेवन गनूपर्ने र नियमित उपचार गरेमा क्षयरोग पूणरुपमा निकोहुने स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । क्षयरोगका विरामीहरुलाई नेपाल सरकार वाट निशुल्क औषधी वितरण भैरहेको छ ।


पर्वतमा यस आवमा ४३ जना क्षयरोगका विरामी भेटिएकोमा नियमित औषधी लिइरहेको स्वस्थ्य कार्यालयको तथ्यांक रहेको छ ।
नेपालमा वर्षेनी ६९ हजार नयाँ क्षयरोगका बिरामी भेटिने गरेका छन् भने हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक रहेकोछ ।


स्वास्थ्य कार्यालय पर्वतले आज आयोजना गरेको कार्यक्रममा उपस्थित पत्रकारहरुले क्षयरोगका वारेमा जिज्ञासा तथा सुझाव राखेका थिए । स्वस्थ्य कार्यालय पर्वतमा नि प्रमुख तेज प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यालयका तथ्याकं सहायक रामचन्द्र सुवेदीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img