१४ वैशाख २०८१ पर्वत ।
जिल्ला प्रशासन कार्यालय पर्वतले तेस्रो त्रैमासिकको प्रगती सार्वजनिक गरेको छ । आज कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले २०८० माघ १ देखी चैत्र मसान्त सम्म कार्यालयले सम्पादन गरेका कार्यहरुको जानकारी दिनुभएको हो ।
तेस्रो चौमासिकमा ५९६ नया नागरिकता ३ वटा गैर आवसिय नागरिकता र ११ प्रतिलिपी प्रदान गरेको छ । राहदानी तर्फ १५७८ वटा राहदानीको काम सम्पादन भएकोमा दुर्त राहदानी ९० वटा सिफारिस भएका छन् भने १७३१ वटा राहदानी वितरण गरिको कार्यालयले जनाएको छ ।
तेसैगरि यस अवधिमा १९५७ जनाको राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता भएकोमा ८२८ जनालाई राष्ट्रिय परिचय पत्र कार्ड वितरण गरिएको छ भने ८४ जनाको नावालक परिचय पत्र जारी गरिएको छ ।
संघ संस्थातर्फ माघ १ देखी चैत्र मसान्त सम्म १४ वटा संस्था दर्ता भएका छन् भने ४३ वटा संस्था नविकरण भएका छन् । कार्यालयले यस अवधिमा विपद वाट क्षत्री भएका घरपरिवार लाई प्रदेश तथा संघ वाट प्राप्त रकम ३,३५,०००। ५घर परिवारलाई वितरण गरेको छ ।
पुन निर्माण पुनस्थापना अनुदान तर्फ यस अवधिमा पर्वतका सवै पालिकामा निर्माण भएका घरका लागि १ करोड १२ लाख ९० हजार अनुदान रकम लाभग्रहीहरुको खातामा उपलब्ध गराएको कार्यालयले जनाएको छ । कार्यक्रममा पर्वतका विभिन्न कार्यालयका प्रमुखहरुले कार्यालयको भौतिक प्रगतीको वारेमा जानकारी गराएका थिए ।








