१८ वैशाख २०८१ /
पर्वतमा सामुदायिक स्वास्थ्य स्वंय सेविकाहरुलाई सम्मान सहित विदाइ गरिएको छ । लामो समय देखी समाजमा रहेर स्वास्थ्य सेवामा सहयोग पुर्याउने सामुदायिक स्वास्थ्य स्वंय सेविकाहरुलाई सम्मान साथ विदाई गरिएको हो ।/
उमेरले ६० वर्ष पुगेका र असक्त भएर समाजमा सेवा गर्न नसक्ने अवस्थाका १० जना सामुदायिक स्वास्थ्य स्वंय सेविकाहरुलाई स्वास्थ्य कार्यालय पर्वतले आइतवार एक कार्यक्रमको आयोजना सम्मान गरेका हो ।कार्यक्रममा दोसल्ला ओडायर सम्मान पत्र साथ विदाइ गरिएको थियो ।
कार्यक्रममा वोल्दै कार्यालयका नि प्रमखु रघुनाथ रेग्मीले समुदायमा सामुदायिक स्वास्थ्य स्वंय सेविकाहरुको योगदानले स्वास्थ्य सेवा प्रभावकारी गराउन सहयोग पुगेको वताउदै आगामी दिनमा पनि सहयोग पुर्याउन अनुरोध गर्नुभयो ।
पर्वतका विभिन्न पालिकामा ५०० जना सामुदायिक स्वास्थ्य स्वंय सेविकाहरु रहेका छन । स्वास्थ्य स्वंय सेविकाहरुको क्षमता विकासका कार्यालयवाट आधारभुत तालिम प्रदान गर्दै आएको र गण्डकी प्रदेश सरकारको सहयोगमा प्रोत्साहन रकम समेत प्रदान गर्ने गरेको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।
स्वास्थ्य कार्यालय पर्वतका नि।कार्यलय प्रमुख रघुनाथ रेग्मीको अध्यक्षता सम्पनन कार्यक्रमको संचालन प।हे।न।नि सुमन शर्मा गर्नुभएको थियो।