निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

नेष्डो नेपालको सप्ताहव्यापी कार्यक्रमको चौथो दिन ,मजदुर दिवसका अवसरमा अन्तरक्रिया


बैशाख २०
/ नेष्डो नेपालको सप्ताहव्यापी कार्यक्रमको चौथो दिन मजदुर दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरि मनाईएको छ ।
राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था,नेष्डो नेपालको ३० औं स्थापना दिवस एवम् संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाइको ५३ औं जन्मोत्सवका अवसरमा मे १ मा पर्वत कुश्मा रहेका मजदुरहरुको उपस्थितीमा मजदुर दिवस मनाइएको हो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकास प्रसाईले केक काटेर मजदुरलाई खुवाएदै मजदुरहरु संगै दिवस मनाउन पाउदा आफु खुसी रहेको वताउदै नेष्डो नेपालले सदै गरिव विपन्न मजदुरहरुको हितका लागि वताउनु भयो । उहाले कार्यक्रममा उपस्थित सवै मजदुहरुका वालवालिकाहरुलाई शैक्षिक सामाग्री झोला कपी पोषक उपलबध गराउने पनि प्रतिवद्धता जनाउनु भएको छ ।

कार्यक्रममा उपस्थित सवै मजदुरहरुलाई संस्थाले सरसफाईका सामाग्री उपलब्ध गराएको थियो भने कार्यक्रम समापन पश्चात रात्रकिालिन सहभोज आयोजना गरिएको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल ,कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम गौतम ,पर्वत अस्पतालका अध्यक्ष शंकर गिरि , नेपाल पत्रकार महासंघ पर्वतका सचिव राजवावु पि सी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सरोकारवालाहरु पत्रकारहरु लगाएत मजदुरहरुको उपस्थिती रहेको थियो ।

नेष्डो नेपालको स्थापना दिवसका अवसरमा पहिलो दिन वैशाख १६ गते कुश्माको युनिभर्सल पाटी प्यालेसमा साप्तहिक कार्यक्रम शुभारम्भ दोस्रो दिन बागलुङमा रहेको मानव सेवा आश्रममा खाद्यान्न सामाग्री तथा मानवीय राहात सहयोग तेस्रो दिन जिल्ला अस्पताल पर्वतका बिरामीलाई फलफुल वितरण चौथो दिन मजदुर दिवसको कार्यक्रम सम्पन्न भएका छन् भने पाँचौ दिन वैशाख २० गते प्रेस स्वतन्त्रता दिवसका अवसरमा सञ्चारकर्मी अन्तरक्रिया ,छैठौं दिन शैक्षिक सहयोग, जेष्ठ नागरीक सम्मान तथा गुरु सम्मान कार्यक्रम रहेको छ भने सातौं दिन सामाजिक संस्था अन्तरक्रिया सम्मेलन तथा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको छ ।

राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था,नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्व प्रसाइको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन संचारकर्मी ठाकुर रसाईलीले गर्नुभएको थियो भने धन्यवाद सहित कार्यक्रमको समापन नेष्डो नेपालका सदस्य तथा समृद्ध एफ एमका स्टेशनर म्यानेजर उत्तम प्रसाद अधिकारीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img