निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, अशोज २७, २०८१
Sunday, October 13, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ


जेष्ठ ३, २०८१

काठमाडौँ — उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंको फैसलालाई उल्ट्याउँदै उच्चका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले बुधबार सन्दीपलाई सफाइ दिएको हो ।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले ‘प्रमाण नपुगेको’ भन्दै जिल्ला अदालत काठमाडौंको फैसला उल्टिएको बताए । भने, ‘न्यायाधीद्वयको इजलासले सन्दीपविरुद्ध प्रमाण नपुग्ने भन्दै जिल्ला अदालतको आदेश उल्ट्याएको छ । सन्दीप निर्दोष रहेको फैसला गरेको छ ।’ जिल्ला अदालत काठमाडौंले सन्दीपलाई गत पुस २५ मा जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद र ५ लाख जरिवाना सुनाएको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले ‘सन्दीपले गौशाला–२६ ९पीडित० को कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको’ ठहर गरेको थियो । फैसलाविरुद्ध सन्दीप उच्च अदालत पाटन गएका थिए ।

गौशाला–२६ को पक्षमा जिल्ला अदालत काठमाडौंमा मुद्दा लडेका सहायक जिल्ला न्यायाधिवक्ता सुर परियारले फैसला के आधारमा उल्टियो भन्ने लिखित आदेश नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘उच्च अदालतले कुन आधार र कारणले जिल्लाको फैसला उल्टी भयो भन्ने आदेश लिखित रूपमा सार्वजनिक गर्नुपर्थ्यो,’ उनले भने, ‘यो सार्वजनिक चासोको मुद्दा हो । तर, जिल्ला अदालतको ९३ पृष्ठको बृहत् फैसला उल्टाउने निर्णय उच्च अदालतले राय किताब पढेर सुनायो । फैसला लिन जाँदा दिइएन ।’

त्यस्तै महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले फैसला सार्वजनिक नभएको हुनाले के तथ्य र आधारमा फैसला उल्टियो बुझ्न बाँकी रहेको भन्दै फैसला आएपछि सर्वोच्चमा दोहोर्‍याई पाउँ भनी निवेदन प्रक्रिया अघि बढ्ने बताए । १० वर्षभन्दा कम सजाय हुने मुद्दामा उच्च अदालतले फैसला गरेको छ भने त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्न अनुमति पाउँ भनी निवेदन दिनुपर्ने कानुनी व्यवस्था छ ।

उच्च अदालतको फैसलालगत्तै नेपाल क्रिकेट संघ ९क्यान० ले सन्दीपको निलम्बन फुकुवा गरेको छ । क्यानको फुकुवापछि सन्दीपलाई आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुन लागिरहेको ट्वान्टी–२० विश्वकप खेल्न बाटो खुल्न सक्ने सम्भावना छ । निलम्बन फुकुवा गरिसकेको क्यानको अनुरोधमा आईसीसी सहमत भएमा उनले विश्वकप खेल्न पाउनेछन् । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि क्यानले सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी चार महिनाअघि निलम्बन गरेको थियो ।यो समचार कान्तिपुर अनलाइन वाट साभार गरिएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img