जेष्ठ ६ गते पर्वत /
पर्वतको जलजलामा दलित जनप्रतिनिधि तथा अगुवा दलित अभियानताहरुका लागि २ दिने क्षमता अभिबृद्दी तालिम सम्पन्न भएको छ ।
जलजला गाउँपालिका कार्यालयको आयोजनामा आयोजित सो कार्यक्रम मा समग्र दलित समुदायको अवस्था पहिचान , वर्ण ब्याबस्था हिजो आज र भोलिको कार्यदिशा ,संबैधानिक ब्याबस्था , आरक्षण ,समाबेसिकरण सशक्तीकरण लगायतका बिसयमा व्यापक बिचार बिमर्श भएको थियो ।
कार्यक्रममा जनप्रतिनिधी लगाएत अभियान्तहरु गरि १५० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दलित आन्दोलनले प्राप्त गरेका उपलब्धीहरु ,भोलिको कार्यदिशा र थप अभियानका विषयमा समेत छलफल भएको दलित अभियान्तहरुले वताएका छन् ।
२ दिन सम्म संचालन भएको कार्यक्रममा पहिलो दिनको कार्यक्रम उद्घाटन प्रमुख अतिथि जलजला गाउपालिकाका अध्यक्ष राजु आचार्यले गर्नुभएको थियो ।
कार्यक्रममा दोस्रो दिनको समापन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख बिस्णुराम बिकले दलित समुदायको हक अधिकारका लागि आआफ्नो क्षेत्रवाट लाग्नु पर्ने वताउनु वताए । विकले गाउपालिकाले दलित समुदायको क्षमता विकासका लागि तालिम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै पर्वतका सवै स्थानिय तहमा क्षमतविकासका कार्यक्रम संचालन गर्न आवश्यक रहेको वताए ।
२ दिन सम्म संचालन भएको तालिमको सहजिकरण दलित अधिकारर्मी शिव परियारले गरेका थिए ।