निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

समाज कल्याण श्रोत विकास केन्द्र (सोडेक नेपाल)को २९औ स्थापना दिवसको अवसरमा विबिध कार्यक्रम सम्पन्न ।

 

९ जेष्ठ पर्वत र
पर्वतमा क्रियाशिल सामाजिक संस्था समाज कल्याण श्रोत विकास केन्द्र सोडेक नेपालले २९औ स्थापना दिवसको अवसरमा मंलवार विबिध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
पर्वतको फलेवास ८ ठानामौलामा २०५३ साल जेष्ठ ८ मा स्थापना भै विभिन्न जिल्लामा सामाजिक कार्य गर्दै आएको संस्थाले स्थापना दिवसको अवसरमा केन्द्रिय कार्यालय ठानामौलामा विद्यार्थीहरुलाई छात्रवृति वितरण पूर्व अध्यक्ष स्व. नवराज रिजालको सम्झनामा स्मृति दिवस कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथी फलेवास नगरपालिकाका ८ नं. वडाका अध्यक्ष मन वहादुर कुवंरले संस्थाले स्थापना काल देखी निरन्तर सामाजिक विकासका कार्य गर्दै आएकोमा संस्थाले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रसंसा गर्दै धन्यावाद व्यक्त गर्नुभयो । ग्रामिण क्षेत्रमा स्थापना भएर पनि पर्वत लगाएत विभिन्न जिल्लामा कार्यक्रम संचालन गर्दै आएको संस्थाले सवैलाई सामाजिक सेवा प्रती अग्रसर गराएको वताउनु भयो ।
कार्यक्रममा सोडेक नेपालका संस्थापक संयोजक मेघराज शर्मा , जनज्योती माविका प्रअ विकासराज शर्मा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष स्वा। नवराज रिजालको सम्झनामा संस्थाको पहलमा स्थापना भएको शिशु कल्याण आधारभुत विद्यालयका उत्कृष्ट २ जना विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री तथा पोषाक वितरण गरिएको थियो भने वडा वासी १ जना विपन्न दलित महिलालाई खाद्यन्न सहयोग गएिको थियो । कार्यक्रममा सोडेक नेपालका उपाध्यक्ष गोविन्द प्रसाद शर्माले स्वा। नवराज रिजालको जिवनीको वारेमा वताउनु भएको थियो ।

This image has an empty alt attribute; its file name is 05c55df6-cb05-469a-8ca5-2998739886a7-1024x461.jpg

कार्यक्रममा गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सोडेक नेपालले संचालन गरेको एकिकृत सामुदायिक विकास परियोजना अन्र्तगत उच्च शिक्षा अध्ययन गर्ने ३३ जना विद्यार्थीहरुलाई ३ हजारका दरले छात्रवृती प्रदान गरिएको परियोजना संयोजक रमेश प्रसाद रिजालले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव टंक प्रसाद भुषालले गर्नूभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img