निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, असार ७, २०८१
Thursday, June 20, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

मौरीपालन व्यवसायलाई प्रवद्र्धन गर्न पैयुँका कृषकलाई १९५ मौरीघार वितरण

पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले मौरीपालन व्यवसायलाई प्रवद्र्धन गर्न मौरीका घार वितरण गरेको छ ।गाउँपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै पैयूँलाई मौरी पालनको पकेट क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले १९५ वटा मौरीको घार वितरण गरेको जनाएको छ ।


गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईराजीव रिमालले चालु आर्थिक बर्षको बार्षिक स्विकृत कार्यक्रम अनुसार लाभग्राही किसानलाई मौरी घार वितरण गरेको बताए । उनका अनुसार ४३ जना किसानलाई खाली घार र १५२ जना किसानलाई गोलसहितको मौरीघार वितरण गरिएको छ । उनले यसअघि पनि गाउँपालिकाको आयोजनामा विभिन्न वडाका मोरीपालक किसानलाई लक्षित मौरीपालन सम्बन्धि तालिम दिएको बताए ।

मौरीघार किसानलाई वितरण गदै गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ ले किसानको आयआर्जन वृद्धिमा सहयोग गर्दै आत्मनिर्भर बनाउन पालिकाले मौरीघार उपलब्ध गराएको जानकारी दिए ।

कृषि क्षेत्रको विकासका लागि पैयूँ गाउँपालिकाले विशेष रणनीति अनुसार काम गदै आएको उनको भनाई छ । अध्यक्ष ठकुरीले किसानलाई कृषि क्षेत्रमा आकर्षण गर्ने कार्यक्रम र योजनालाई प्राथमिकता दिएर आगामी बजेट ल्याउन लागेको बताए ।

गाउँपालिकाकी उपाध्याक्ष यामकुमारी रानाले मौरी पालनबाट राम्रो आम्दानी लिन सकिने बताउँदै पालिकाले कृषिमा लगानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img