निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, चैत्र ९, २०८१
Sunday, March 23, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

२०८१ जेष्ठ २१/
डिल सागर विसी/
पर्वत । जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल उत्पीडित जातिय मुक्त समाज कुश्मा नगर कमिटीको आयोजनामा आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य तोयानाथ चालिसीले कार्यक्रमको उद्घाटन गर्दै जातिय विभेद सामाजिक अपराध भएकोले कसैले पनि विभेद गर्न नहुने वताउदै सवैले समान हैसियतमा जिउन पाउने अधिकार रहेकोमा जातिय विभेद गरेर सामाजिक अपराध नगर्न अनुरोध गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रम नेकपा एमालेका पर्वतका अध्यक्ष गोविन्द पहाडीले दलित समुदाय माथि गरिने विभेद अन्त्यका लागि गैर दलित र दलित विच आपसी सद्भावको विकास हनुपर्ने वताउदै विभेद उन्मुलन कसरी गर्न सकिन्छ भन्ने विषयमा सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा कुश्मा नगरकमिटीका अध्यक्ष किसोर सापकोटा , नेकपा एमाले पर्वतका सचिव सुवासचन्द्र पौडेल , प्रदेश कमिटी सदस्य जुना नेपाली ,प्रेम पौडेल ,शान्त पौडेल लगाएतले मन्तव्य राख्नु भएको थियो ।


नेपालको संविधानले स्थानीय तहका हरेक वडामा एकजना दलित महिला सदस्य हुने व्यवस्था गरेको छ । देशभर स्थानीय तहमा ६ हजार ७ सय ४५ वडामा दलित महिला सदस्य चुनिएका छन् ।
संविधानमा जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि समाजमा अहिले पनि दलित समुदायमाथि जातीय विभेद कायमै रहेको कार्यक्रमका सहभागीहरुले वताए ।
समाजमा जातिय विभेदका घटानाहरु घटे पनि अधिकांश घटनाहरु वाहिर आउन सकेका छैनन । जातिय विभेद गर्ने लाई कानुनले दण्डनिय गरेपनी कतिपय घटनाहरु कानुनको दायरामानै नआउने गरेको दलित अधिकारकर्मीहरुको भनाइ छ ।

जातिय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभावपूर्ण व्यवहार, गरेमा तीन महिना देखी तीन वर्षसम्म कैद र पचास हजार देखी दुइ लाख सम्म रुपैया सम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले जातिय विभेद अन्त्यका लागि सिंगो पार्टीले नै अभियान संचालन गर्नूपर्नेमा जोड दिएका थिए ।
सहभागीहरुको गुनासो ग्रहण गर्दै विभेद अन्त्यका लागि पार्टीले विषेश अभियान थाल्ने नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीले प्रतिवद्धता व्यक्त गर्नूभयो ।

नेपाल उत्पीडित जातिय मुक्त समाज कुश्मा नगर कमिटीका अध्यक्ष जित वहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव विमला परियारले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img
spot_img
spot_img