निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, फाल्गुन १, २०८१
Thursday, February 13, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतमा १ हजार ६ सय पशूमा कृत्रिम गर्भधान 

    ५ भाद्र  २०८१।         

 पर्वतमा १ हजार ६ सय १९ पशुमा कृत्रिम गर्भधान गरिएको छ ।

 भेटेरनिरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार गत आवको असार सम्म १ वर्ष मा १६१९ पशुमा कृतिम गर्भधान गरिएको कार्यालयले जनाएको छ ।

यसरी सिमेन प्रयोग गरेर कृत्रिम गर्भधान गर्दा करिव ५० प्रतिशत पशूमा मात्र गर्भरहेने गरेको पशु प्राविधिक प्रकाश परियारले वताए ।

कृत्रिम गर्भधान सफल भएका पशुहरुले वच्चा जन्माउदा ५० प्रतिशते वाच्छी, पाडा  र ५० प्रतिशतले वर ,पाडी जन्माउने गरेको परियारले वताए । 

गाइ भैसीमा दुधको उत्पादन वढाउनका लागि पछिल्लो समय कृषकहरुले उन्तजातको पशुको सिमेन गाई भैसीमा प्रयोग गर्न थालेका हुन् । सिमेन आवश्यक पर्ने कृषकहरुले भेटेरनिरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ,सम्बन्धित गाँउपालिका र नगरपालिका वाट रु २५ रुपैयको राजस्व तिरेर प्राप्त गर्ने प्रवधान रहेको कार्यालयले जनाएको छ ।

स्थानिय तहमा रहेका पशु स्वास्थ्य कार्यकर्ता वाटै सहजै सेवा लिन सकिने भएका कारण गाई भैसीमा उन्नन जातको मुर्रा ,जर्सीगाई र होलस्टेनको सिमेन प्रयोग गर्न कार्यालयको अनुरोध छ ।

यसरी उन्नत जातको सिमेन प्रयोग गर्दा लोकल भैसीमा मुर्रा रागोको सिमेन र गाईमा जर्सी र होलस्टेनको सिमेन प्रयोग गरिन्छ ।

उन्नत जातको पशूको सिमेन प्रयोग गर्दा गाइभैसीको दुध उत्पादन वढ्ने भएका कारण कृषकरुको आकर्षण वढ्दै गएको छ ।

भेटेरनिरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले गत आवमा कृत्रिम गर्भधान  वाट जन्मिएका पाडा पाडी र वाच्छा वाच्छी हुर्काउनका लागि ६२ जना कृषहरुका ८१ वटा पाडा पाडी र वाच्छा वाच्छीका लागि ८ लाख १० हजार रुपैया अनुदान उपलब्ध गराएको छ ।

कृत्रिम गर्भधान गर्दा स्थानीय गाईमा दूध बढ्ने र गाईले जन्माएको बाच्छा,बाच्छी उन्नत जातका हुने, भएकोले पशुको कृत्रिम गर्भाधान गर्नेको संख्यामा वृद्धि भएको कार्यालय प्रमुख पुष्पराज बाँस्तोलाले वताए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img
spot_img
spot_img