पर्वतको सदरमुकाम कुश्मा वजारमा सुविधा सम्पन्न बसपार्क वनेको छ । २०७९ साल कार्तिक वाट निर्माण कार्य शुरु गरिएको बसपार्क गत असारमा सम्पन्न भएको हो ।
२० महिनामा निर्माण सम्पन्न भएको बसपार्कको लागत ७ करोड १५ लाख ३० हजार लागेको छ ।
सघन सहरी तथा भवन निर्माण कार्यालय बाग्लुङ मार्फत ठेक्का सम्झौता भै बसपार्क निर्माण भएको हो । कुश्माको बान्देविडीमा असार १५मा निर्माण सम्पन्न भए पनि हालसम्म प्रयोगमा आएको छैन
स्वामित्व हस्तारन्णमा ढिला भएका कारण सञ्चालनमा नआएको निमार्ण कम्पनिले जनाएको छ ।
सघन सहरी तथा भवन कार्यालय वाग्लुङले कुश्मा नगरपालिका लाई हस्तान्तरण गरे पछी बसपार्क सञ्जालनमा आउने छ ।
निर्माण सम्पन्न भएको वसपार्कमा साना ठुला सवारीहरु पार्कीङ गर्ने छुट्टा छुट्टै ठाउ रहेको छ भने टिकट काउण्टर पनि बसपार्क भित्र नै रहेको छ ।