निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, भदौ ३०, २०८१
Sunday, September 15, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

खेलकुद कार्यक्रम आयोजन गर्न चारभञ्याङ यूवा क्लवको अन्तरक्रिया


१६ भाद्र पर्वत ।
चारभञ्याङ गाउँ फलेवास ८ ठानामौला खाल्टेमा खेलकुद कार्यक्रम आयोजन गर्न लागेको चारभञ्याङ यूवा क्लवले अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।


यही आश्विन १९ देखी २४ सम्म पर्वतको ठानामौला खाल्टेमा क्लवले आयोजना गरेको वडा स्तरिय खुल्ला भलिवल तथा सास्किृतिक कार्यक्रम सफल पार्न आज पोखरामा घरदैलो गरि अन्तरक्रिया गरेको हो ।

चारभञ्ज्याङ् गाउँवाट वसाईसराई गरि पोखरा वस्दै आएका ठानामौला,भंगरा लामे दाद्रा वासी र अन्य सुभचिन्तकहरु संग भेट तथा अन्तरक्रिया गरेको हो ।


भेटघाटकै क्रममा क्लवले कार्यक्रम भव्यरुपमा सफल पार्न सुझाव संकलन समेत गरेको छ । अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा चारभञ्याङ आमा समुह पोखराकी अध्यक्ष डम्मर कुमारी गुरुङ ठानामौलाका समाजसेवी हाल पोखरा निवासी कुल वहादुर गूरुङ, टेक वहादुर गूरुङ र तिर्थ प्रसाद गूरुङले क्लव लाई सुझाव तथा सल्लाह प्रदान गरेका थिए ।

गाउँमा धेरै वर्ष पछि कार्याक्रम आयोजना गरेकोमा गाउँ वाट वाहिर रहेका चारभञ्याङ वासी पनि खुसी हुदै क्लवलाई आर्थिाक सहयोग गरेका छन् ।

यूवाहरुले आयोजना गरेको कार्यक्रम लाई सफल वनाउन आफूहरुले पनि सक्दो सक्दो सहयोग गरेको चारभञ्याङ तमु समाज पोखराका अध्यक्ष गणेश व गुरुङले वताए ।


रोजगार र शिक्षाका लागि यूवाहरु गाँउ छोड्न थालेपछी खेलकुद संगै गाउ सुनसान वन्दै गएको अवस्थामा गाउमा यूवाहरुको सकृयता वढाउने र खेलकुद र सामाजकि बिकासका कार्यक्रम यूवाहरुलाई सकृयता बढाउन खेलकुद कार्यक्रम आयोजना गएको क्लवका अध्यक्ष याम वहादुर गूरुङले वताए ।


भलविल प्रतियोगिता सगै अन्य प्रतियोगिता पनि संचालन गरिने तथा सास्कृितक कार्यक्रमहरुले दर्शकहरुलाई मनोरञ्न प्रदान गरिने क्लवका सचिव सुमन जिसिले वताए ।

यूवाहरुको सक्रयितामा खाल्टे गाउमा आयोजना हुन लागेको खूल्ला भलिबल प्रतियोगिताले गाउको चिनारी हुने खाल्टे गाउका पुर्व खेलाडी तथा क्लवका सल्लाहकार शिब घलेले बताउनुभयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img