पर्वत
पर्वत क्षेत्र नं ख वाट विजय भएका सांसद मित्रलाल वस्याल गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रीमा नियुक्त भएका छन् ।
लामो समय देखी नेकपा एमालेको राजनितिमा सक्रिय रहदै आएका बस्यालले मन्त्रीको जिम्मेवारी पाए पछी जिल्ला वासी हर्षित भएका छन् ।
गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्र पाण्डेराज पाण्डेले आजै एमाले वाट ४ जना मन्त्रीलाई नियूक्त गरेका हुन् ।
आज नियूक्त भएकाहरुमा पर्वतवाट उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल , नवलपुरकी पद्यमा जिसी भुमी व्यवस्था , कृषि तथा सहकारी मन्त्री वाग्लुङका कृष्ण पाठक स्वास्थ्य र कास्कीका प्रकाश केसी भौतिक पुर्वधार विकास तथा यातयात मन्त्रीमा नियूक्त भएका छन् ।