भाद्र २५ पर्वत /
गण्डकी प्रदशेका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रको नितिगत सुधार आफ्नो पहिलो प्राथामिकता रहेको वताउनुभएको छ ।
सोमवार पर्वतको कुश्मामा स्वास्थ्य कार्यालय पर्वतले आयोजना गरेको जिल्ला स्तरिय वार्षिक समिक्षा तथा योजना गोष्टीको उद्घाटन गर्दै मन्त्री पाठकले नागरिकहरुको पहिलो प्राथामिकता स्वास्थ्य रहेकोले स्वास्थ्य क्षेत्र प्रभावकारी रुपमा संचालन गर्न नितीगत निणर्य आवश्यक रहेको वताउदै स्वास्थ्य क्षेत्र नागरिक मैत्री वनाउन के कस्तो निणर्य गर्नुपर्नेहो सो विषय आफ्नो पहिलोे प्रथामिकता रहेको वताउनु भयो ।
प्रदेशका ११ वटै जिल्लामा पुगेर अन्तरक्रिया गर्ने योजना राखेको छु । स्थानिय पालिकाहरु संग समन्वय र प्रदेश सरकारको साझेदारीमा स्वास्थ्यको क्षेत्रमा केही परिवर्तन गर्छु पाठकले वताउनु भयो ।
मन्त्री पाठकले आफु मन्त्री भए पछि नसर्ने रोगको खोज पडताल (स्क्रिन) गर्ने कार्यक्रम टोलटोलमा पुर्याउने पहिलो निणर्य समेत गरेको वताउदै प्रदेशका ११ वटै जिल्लामा पुगेर अन्तरक्रिया गर्ने योजना रहेको समेत वताउनु भयो । उहाले पर्वत अस्पतालले पछिल्लो समय प्रभावकारी रुपमा स्वास्थ्य सेवा प्रदान गरेको वताउदै आफुले पनि सक्दो सहयोग गर्ने वताउनुभयो ।
कार्याक्रमका विषिष्ट अतिथी जिल्ला समन्वय समितिका प्रमुख विष्णूराम विकले स्वास्थ्य क्षेत्रमा नागरिकहरुको सहजता हुनुपर्ने वताउदै नितिगत निणर्य गरि परिवर्तन गर्न आवश्यक रहेको वताउनु भयो । उहाले स्वास्थ्य विमा कार्यक्रममा केही नितीगत सुधार आवश्यक रहेको ,नागरिकहरुलाई औषधी सहजरुपमा उपलब्ध हुनपर्ने , नागरिकले चाहेको ठाउवाट सेवा लिन पाउने व्यवस्था हुनपर्ने वताउनुभयो ।
स्वास्थ्य कार्यालय पर्वतले आयोजना गरेको जिल्ला स्तरिय वार्षिक समिक्षामा कार्यालयका प्रमुख प्रविण शर्माले कार्यालय वाट गत आवमा सम्पादन भएका कार्यहरुको प्रगती प्रस्तुत गर्नुभएको थियो भने पर्वत अस्पतालका सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले जिल्ला अस्पतालको वािर्षक प्रगती तथा समस्याहरुको वारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा पर्वतका सवै स्थानिय तहका स्वास्थ्य शाखा प्रमुखहरुले पालिका स्तरको प्रगती प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका सचिव राजवावु पिसी पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरी , गण्डकी प्रदेश चिकित्सा सेवा महाशाखाका प्रमुख रमेश कुमार केसी , प्रदेश तालिम केन्द्रका महानिर्देक हेमन्त शर्मा , प्रयोगशाला निर्देशनालयका प्रमुख मनमोहन विष्ट , आपुर्ती व्यवस्था महहाशाखा प्रमुख डा. रेखा आचार्य , निर्देशानालयका प्रमुख खिव वहादुर खड्का लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
२ दिन सम्म संचालन भएको समिक्षा तथा योजना तर्जुमा गोष्टीमा पर्वतमा ७ वटै स्थानियतहका स्वास्थ्य प्रमुख तथा स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको छ ।
स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यालयका परिवार नियोजन सुपरभाइजर निरिक्षक नारायण प्रसाद रेग्मीले गर्नुभएको थियो भने स्वागत मन्तव्य जनस्वास्थ्य अधिकृत प्रकाश गौतमले राख्नु भएको थियो ।