निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, फाल्गुन २७, २०८२
Wednesday, March 11, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतको मोदी १ भूकताङ्ले बालमैत्री वडा घोषणा

१ आश्विन पर्वत/

जिल्लाको मोदी गाउँपालिका–१ भूकताङ्लेलाई बालमैत्री वडाको रूपमा घोषणा गरिएको छ ।

बालमैत्री वडाका लागि ५१ सूचकको निर्माण र त्यसको कार्यान्वयन पक्षमा लागू हुनुका साथै ती सूचकहरूलाई आगामी दिनमा पनि कार्यान्वयन गर्ने गरी बालमैत्री वडा घोषणा गरिएको हो ।

बालमैत्री वडाका लागि बालबालिकाहरूसँग सम्बन्धित आवश्यक ५१ ओटा सूचकहरूको निर्माण र कार्यान्वयन गर्नु पर्ने हुन्छ । वडाध्यक्ष टेक बहादुर गुरुङले आवश्यक काम कार्यवाही पुरा गरेकोले वडालाई बालमैत्री वडा घोषणा गरिएको बताउनुभयो ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालको प्रमुख आतिथ्यतामा वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको हो । सो अवसरमा बोल्दै मन्त्री बस्यालले बालबालिका भोलिका कर्णदार मात्रै नभई आजका साझेदार भएको बताउनु भयो । उहाँ भन्नुहुन्छ- ‘बालमैत्री स्थानीय शासनको मार्फत स्थानीय स्तरमा हुने हरेक कार्यक्रममा बालबालिकाको सहभागिता बढाउनु पर्छ ।’ स्थानीय तहका कार्यक्रममा बालवालिकाको सहभागीता गराउदा विधि पद्धतिको सुसासन युक्त शासन हुने उहाकाे भनाइ रहेको छ ।

गण्डकी प्रदेश सभाका सदस्य माननीय भक्त कुंवरले वडा बालमैत्री बन्नु खुसीको कुरा भएको बताउँदै यसको निरन्तरताका लागि वडावासीहरूमा अनुरोध गर्नुभयो । वडामा बाल प्रोफाइल तयार, बाल लगानी योजना तयार, बाल क्लब भेला, वडा स्तरीय बालमैत्री कमिटी र बालबालिकाहरूलाई क्षमता अभिवृद्धि गराउने कामहरू गरिएकोमा खुसी भएको बताउँदै उहाँले यी कामले पनि वडालाई बालमैत्री घोषणा गर्न महत्त्वपूर्ण सहयोग पुगेको धारणा राख्नुभयो ।

६० औँ राष्ट्रिय बाल दिवसको सन्दर्भमा ’बाल अधिकार, बालमैत्री शासन बाल मैत्री पालिका निर्माण हाम्रो अभियान’ अन्तर्गत कार्यक्रमको आयोजना भएको हो ।जिल्ला समन्वय पर्वतका प्रमुख बिष्णु राम बिकले बालबालिकाको शिक्षा स्वास्थ्य लगायतका बिषयमा योजना बनाउदा अभिभावकले नै विशेष ध्यान दिन जरुरी रहेको उहाँले बताउनु भयो ।

गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माको अध्यक्षता कार्यक्रम सञ्चालन भएको हो । अध्यक्ष शर्माले बालबालिका विरुद्ध हुने सबै खाले हिंसाहरु, यातनाहरु, भेदभाव, शोषणबाट मुक्त गराई सभ्य, सुन्दर र समृद्ध पालिका बनाउन लाग्नुपर्ने र यसमा सबै पालिका बासीले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले बालमैत्री घोषणासंगै दिगोपन र निरन्तरताका लागी सबैको सहयोगको आवश्यक पर्ने बताउनु भयो ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, बाल संञ्जालका प्रमुख,GNI,सोडेक नेपालका प्रमुख,कर्मचारीहरू सहित सरोकारवालाहरूको सहभागिता रहेको थियो । वाल मैत्री घोषण कार्यक्रम सम्पन्न गर्नका लागि सोडेक नेपाल गुड नेवर्स इन्टनेशनल,नेपालको समेत आर्थिक साझेदारी रहेको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img