ले चन्द्र बहादुर गुरुङ UK
२६ नोभेम्वर २०२४/
प्राचिन ऐतिहासिक लामे गोम्वा पुननिर्माणका लागि सहयोग हस्तान्तरण गरिएको छ । पर्वतको महाशिला ५ लामेमा रहेको करिव १०० वर्ष परानो गोम्वा पुननिर्माणको लागि सहयोग प्राप्त भएको हो ।
चार भन्ज्याङ तमु समाज अन्तराष्ट्रिय समन्वय समिति ( CBTS ICC ) बाट लामे गोम्बा पुननिर्माणका लागि सहयोग रकम रु २१९७८५७ (एक्काइस लाख सन्तानब्वे हजार आठ सय सन्ताउन्न रुपैया हस्तान्तरण गरिएको हो ।
चार भन्ज्याङ तमु समाज अन्तराष्ट्रिय समन्वय समिति (CBTS ICC) को संयोजनमा चार भन्ज्याङ गाउँ लामेमा अवस्थित बुद्धिस्ट गोम्बा पुननिर्माणका लागि सहयोग संकलन गरिएको थियो ।
ग्लोबल चार भञ्ज्याङ सदस्यहरुबाट चन्दा संकलन गरिएको रकम गोम्बा पुननिर्माण समितिका सङ्योजक भक्त बहदुर गुरुङ लाई ३० अक्टोबरका दिन हस्तान्तरण गरिएको छ । CBTS ICC सचिबालय कार्यलयमा एक कार्यक्रमको आयोजना सहयोग रकम हस्तान्तरण गरिएको छ ।
१०० बर्ष भन्दा पुरानो यो एतिहासिक गोम्बा चार भञ्ज्याङ क्षेत्र वौद्ध धर्मलब्बीहरुको एउटै मात्र आस्थाको केन्द्र हो । गुरुङ समुदयाहरुमा बुद्धिष्ट शास्त्रमा उच्च शिक्षा हाशिल गरि आचार्य गर्नुहुने पहिलो लामा यसै गोम्बाका दोस्रो पुस्तका लामा स्वर्गिय जितु गुरुङ हुनुहुन्थ्यो ।
बिभिन्न जडिबुडि बनस्पति र झारपातहरुको मिश्रणबाट बनाइएका प्राचिनकालका मुर्तिहरु, गोम्बाका भित्ताहरुमा र सिलिङहरुमा गरिएको पेन्टिङ्हरु साथै गोम्बाभवन २०१५ सालको भुकम्पले भत्किएर ठुलो क्षती भएको थियो।
तत्कालिन समयमा स्थानिय सरकारबाट दस लाख रुपैया सहयोग भए पनि गोम्वाको जिर्णोद्वर पुरा हुन सकेको थिएन । चार भन्ज्याङ आइसिसिको पहलमा आर्थिक संकलन कार्य भए पछी यस गोम्बाको पुर्ण जिर्णोद्वर हुने अपेक्षा राखिएको छ ।
स्मरण रहोस चार भन्ज्याङ भंगरा गाउँमा अवस्थित बज्रमारदेवि मन्दिर पनि २०१५ को भुकम्पले क्षती पु¥याएको थियो । उक्त मन्दिरको पुननिर्माणको लागि चार भन्ज्याङ आइसिसिको पहलमा रु ११८४३२० चन्दा संकलन गरि मन्दिर पुननिर्माण समितिलाई १४ अप्रेल २०२३ मा हस्तान्तरण गरिएको थियो । अहिले सो मन्दिरको पुननिमार्णको काम सकिएको छ ।
चार भञ्ज्याङ तमु समाजले चार भञ्ज्याङ क्षेत्र बिकास योजना अन्तर्गत मुख्य उद्देश्यहरु शिक्षा, स्वास्थ्य, पर्याटन ,कृषि र वातबरण संरक्षण जस्ता बिषयहरुलाइ सहयोग गर्दै आएको छ ।
संस्थाले क्षेत्र विकास योजना अन्तर्गत विद्यालय भवन निर्माण , विद्यालयमा सेक्युरिटि फ्रेन्स, कम्प्यूटर सहयोग, चार भञ्ज्याङ टेलिमेडिसियन स्वास्थ्य केन्द्र र बिभिन्न मानबिय संकटमा स्थानिय सरकार संग साझेदारी गर्दै आफ्नो गाउँ क्षेत्रको समग्र बिकासको लागि बिषेश योगदान दिदै आइरहेको छ ।
चार भञ्ज्याङ क्षेत्र विकास परियोजनाको उद्देश्य सफल पार्नका लागि सहयोग गर्ने चार भञ्ज्याङ तमु समाज अन्तराष्ट्रिय समन्वय समिति परिवार सम्पुर्ण क्षेत्रिय अध्यक्षज्युहरु र चन्दादाताहरु प्रति CBTS ICC अध्यक्ष लेप्टेनेन्ट चन्द्र बहादुर गुरुङले धन्यवाद दिदै आभार प्रकट गनूभयो ।
(लेखक लेप्टेनेन्ट चन्द्र बहादुर गुरुङ चार भञ्ज्याङ तमु समाज अन्तराष्ट्रिय समन्वय समिति अध्यक्ष हुनुहून्छ )
चन्ददाताहरुको नामवली र चन्द रकम यस प्रकार छ ।