निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, माघ २२, २०८२
Wednesday, February 4, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

HPV खोप सम्बन्धी विद्यालय स्तरिय अन्तरक्रिया सम्पन्न

मंसिर २५

पर्वतको कुश्मा मा पाठेघरको मुखको क्यान्सर तथा HPV खोप सम्बन्धी विद्यालय स्तरिय अन्तरक्रिया सम्पन्न भएको छ ।

कुश्मा नगरपालिका अन्तर्गत रहेका विद्यालयका वालिकाहरुको लागि पाठेघरको क्यान्सर र HPV खोप सम्बन्धी
अन्तरक्रिया आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न सामुदायकि विद्यालयका किशोरीहरु लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्रको आयोजना तथा कुश्मा नगरपालिकाको समन्वयमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा पाठेघरको मुखको क्यान्सर तथा HPV खोप सम्बन्धी जानकारी गराईएको थियो ।

पाठेघरको क्यान्सर लाग्न नदिन प्राथामिक तहको रोकथाम गर्नु नै उत्तम विकल्प मानिन्छ ।
सेतो पानी वग्ने , योन सम्पर्क पछी रगत वग्ने , घाउखटिरा देखा पर्ने सामान्य उपचार पछी निको नहुने , प्रजननर अंगमा दुखाईको महशुस हुने पाठेघरको मुखको क्यान्सरको लक्षणहरु हुन् । रोग लाग्न नदिन HPV खोप अनिवार्य लगाउनु पर्छ ।

कार्यक्रममा वोल्दै कुश्मा नगरपालिका उप प्रमुख स्वस्थानी रिजालले HPV खोप सम्बन्धी जानकारी विद्यालयस्तर सम्म पुर्‍याउन सकेमा प्रभावकारीहुने वताउदै किशोरी अवस्थामा सकारत्मक सोचको विकास हुनपर्ने , व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उँहाले पहिलो प्राथामिकता शिक्षा भएकोले किशोरीहरुलाई स्वास्थ्य शिक्षाको आवश्यकता रहेको वताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शारदा पहारी र जनस्वास्थ्य अधिकृत अनुप अधिकारी ले सहजिकरण गर्नुभएको थियो ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शारदा पहारीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा पहारीका अनुसार बिध्यलायमा ६ देखि १० कक्षा सम्मका र बिधालय नजानेका लागि १० देखी १४ वर्षका किसोरीहरुलाई एच. पि.भी. खोप अभयिानमा खोप लगाउन र २५ वर्ष भन्दा माथि उमेरका महिलाहरुले पाठेघरको मुखको परिक्षण गर्न र रोग देखा परेमा नियमित रुपमा डाक्टरको सल्लाहमा औषधी सेवन गर्नुपर्ने कुरामा जोड दिनुभयो।

कार्यलयका शाखा अधिकृत कृष्ण प्र पन्थी, लेखा अधिृकत प्रल्हाद भुजेल कुश्मा नगरपालिकाका स्वस्थ्य शाखाका दुर्गा सापकोटा , शिक्षा अधिकृत दिपक सुवेदी , स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्मा लगाएत विभिन्न विद्यालयका शिक्षक प्रतिनिधी र किशोरीहरुको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img