मंसिर २० गते
समावेशी तथा दिगो भविष्यको पुर्वधार अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार भन्ने मुल नारका साथ ३३ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा पर्वतमा अन्तरक्रिया सम्पन्न भएको छ ।
नेत्रहिन संघको अयोजना तथा नेपाल अपाङ्ग उत्थान समाज पर्वत, वौद्धिक अपाङ्गता अभिभावक संघ पर्वत , एनसिई पर्वतको सहकार्य तथा सामाजिक विकास कार्यालय र कूश्मा नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको नेपाल अपाङ्ग उत्थान समाज पर्वतले जनाएको छ ।
कार्यक्रममा कुश्मा नगरपालिका सामाजिक विकास अधिकृत डिल कुमारी शर्मा र सामाजिक विकास कार्यालयका प्रमुख गोविन्द प्र पौडेल ले अपाङ्गता भएका व्यक्तिहरुको समावेशीताका लागि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम मा प्रमुख अतिथी कुश्मा नगरपालिका उप प्रमुख स्वस्थानी रिजालले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार स्थापितका लागि सवैले आ आफ्नो क्षेत्रवाट सहयोग गर्नुपर्ने वताउदै कुश्मा नगरपालिका वाट आवश्यक सहयोग गर्ने वताउनु भयो ।कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, नागरिक समाज, विद्यालयका प्रतिनिधी,लगाएतले मन्तव्य राखेका थिए ।
पर्वत नेत्रहिन संघकी अध्यक्ष सृजना जिसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन नेपाल अपाङ्ग उत्थान समाज पर्वतका अध्यक्ष जगन्नाथ शर्माले गर्नूभएको थियो भने स्वागत मन्तव्य लोकतान्त्रीक राष्ट्रिय अपाङ्गता उत्थान समाज पर्वतका अध्यक्ष गणेश सुवेदीले राख्नु भएको थियो ।