दिल सागर विसी ।
चार भञ्ज्याङ यूवा क्लवको पहलमा पर्वतको फलेवासल ८ ठानामौला नेपानेमा रहेको सरस्वती प्राथामिक विद्यालय लाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
यूवा क्लवको पहलमा चार भञ्ज्याङ तमु समाज हङकङमा रहेका ठानामौला वासीहरु वाट संकलन भएको रकमले पुस्ताकालय दराज , टेवल, कार्पेट दिवाखाजामा प्रयोग हुने भाडा तथा अन्य शैक्षिक सामाग्री वितरण गरिएको क्लवका अध्यक्ष याम वहादुर गूरुङले जानकारी दिनुभयो ।
चार भञ्ज्याङ तमु समाज हङकङका निवर्तमान अध्यक्ष गंगा गुरुङले संकलन गरि पठाएको रकम रु ९९,४५० . रुपैयाले विद्यालयलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएको कल्वका सल्लाहकार शिवसिङ घलेले वताउनु भयो ।

विद्यालयलाई समाग्री हस्तान्तरण गर्दै फलेवास नगरपालिका उप प्रमुख शोभा कुमारी क्षेत्रीले सहयोगीदाताहरुलाई धन्याद ज्ञापन गर्नुभयो । पछिल्लो समय चार भञ्ज्याङ यूवा क्लवले संचालन गरेका हरेक कार्यक्रमहरुले समुदायलाई प्रतक्ष फाइदा पुगेको वताउदै आगमी दिनमा पनी यस्तै सामाजिक कार्यमा निरन्तर लान्न सुझाव दिनुभयो ।
त्यसैगरि ठानामौला नेपानेका २ वर्ष अगाडि लप्सिको रुखबाट लडेर मेरुदण्ड भाचिएर ढाडदेखि तलको सबै अङ्ग नचल्ने अवस्थामा रहेका नारायण पौडेललाई क्लवको तर्फ बाट नगद रू ५,०००। सहयोग हस्तान्तरण गरिएको छ ।

फलेवास नगरपालिका ८ ठानामौला जनप्रिय टोल निवासि राजन नेपालिको केहि समय अगाडि दुबै मृगौला फेल भई निधन भएकोमा उहाको परिवार लाई रु ५०००र( बराबरको खाद्य सामाग्रि हस्तान्तरण गरिएको र चार भन्ज्याङ तमु समाज यूके पुर्व आमा समुह अध्यक्ष शान्ती गूरुङ वाट रु ५०००। परिवारलाई हस्तान्तरण गरिएको कल्वका सचिव सुमन जिसीले वताउनुभयो ।
ठानामौलामा सहयोग हस्तान्तरण कार्यक्रममा फलेवास ८ का वडा अध्यक्ष मन वहादुर कुवंर , चार भन्ज्याङ समाज यूके नेपाल कोअर्डिनेटर देउ वहादुर गूरुङ लगायतको उपस्थिती रहेको थियो ।









