निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

एकिकृत सामुुदायिक विकास परियोजनाको सामाजिक लेखापरिक्षण सम्पन्न

पौष ६पर्वत /
एकिकृत सामुुदायिक विकास परियोजनाको सामाजिक लेखा परिक्षण शनिवार फलेवास ९ भंगरामा सम्पन्न भएको छ ।

गुुड नेर्वस इन्टरनेशन,नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सोडेक नेपाल पर्वत र नवचेतना सामुदायिक विकास केन्द्रले पर्वतमा संचालन गरेको एकिकृत सामुुदायिक परियोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न भएको हो ।

संस्थाहरुले फलेवास नगरपालिको सहकार्यमा फलेवास नगरपालिका वडा नं. १,२,७,८ र ९मा संचालन गरेको एकिकृत सामुुदायिक परियोजनाको सामाजिक लेखा परिक्षणको कार्य सम्पन्न गरेको हो ।
संस्थाले सहयोग गर्दै आएको भंगरा एकता सामाजिक कृषि सहकारी संस्थाको दशौ वार्षिक साधारण सभामा सामाजिक लेखा परिक्षणको कार्य सम्पन्न गरेको छ ।

सामाजिक लेखा परिक्षण कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननिय रेखा गूरुङ फलेवास नगरपालिका का उपप्रमुख शोभा कुमारी क्षेत्री, फलेवास ९ का कार्यवाहक वडा अध्यक्ष दुर्गाराज सुवेदी , जनप्रतिनिधी, एकिकृत सामुदायिक विकास परियोजना संचालन गरेका संस्थाका प्रमुख सोडेक नेपालका परियोजना अधिकृत रमेश प्रसाद रिजाल , नवचेतना सामदायिक विकास केन्द्रका जनस्वस्थ्य अधिकृत टिका कु घर्ती लेखाप्रमुख सदिश शर्मा पत्रकार , विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।तथा कर्मचारीहरु , विद्यालयका शिक्षकहरु ,उद्यमीहरु तथा स्थानिय सहकारी संस्थाका सदस्यहरु र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा पत्रकार डिल व विकले फलेवास क्षेत्रमा संस्था द्धारा संचालित कार्यक्रमको सामाजिक लेखापरिक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्नभएको थियो ।

सामाजिक लेखा परिक्षण कार्यक्रममा उपस्थित सहभागीहरुले परियोजनाले विपन्न नागरिकहरुको जिविकोपार्जनमा सहयोग पुगेको वालवालिकाहरुको शिक्षामा सहयोग पुगेको वताएका थिए ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य रेखा गूरुङले एकिकृत सामुुदायिक परियोजना अन्तर्गत समुदायमा संचानलन भएका कार्यक्रमहरुले विपन्न नागरिकहरुलाई जिविकोपार्जनमा सहयोग पुगेको सहकारी स्थापनाले वचत गर्ने वानीको विकास हुदै गएको साथै सहकारी मार्फत कृषी उत्पादन र वजारीकरणको थालनी भएकोमा सहकारीलाई धन्यवाद दिनुभयो । उहाले सहकारी विकासका लागि सक्दो सहयोग गर्ने वताउनुभयो ।


पछिल्लो समय केही खराव सहकारीका कारण अहिले समाजमा नकारत्मक सन्देश फैलिएको भए पनि सवै मिलेर स्थानिय स्तरमा रहेका सहकारीहरु अझै मजवुद बनाउनुपर्ने मा जोड दिनु भयो ।

कार्यक्रममा फलेवास नगरपालिका का उपप्रमुख शोभा कुमारी क्षेत्रीले सहकारी संस्था स्थापनाले उद्यमी वनाउन ठुलो भुमिका खेलेको वताउदै सवै जना सहकारीमा आवद्ध भै उद्यम विकासमा लाग्न अनुरोध गर्नुभयो ।
फलेवासमा नगरपालिका ७ र ९ मा एकिकृत सामुुदायिक परियोजनाका अन्तर्गत सोडेक नेपाल पर्वतले सहकारी व्यवस्थापन ,आयआर्जन, स्मार्ट वोर्ड सहयोग तथा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै आए मा विगत वर्षवाट फलेवास नगरपालिका १ र २ मा पनि कार्यक्रम विस्तार गरिएको सोडेक नेपालका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले वताउनुभयो ।

तेसैगरि नवचेतना सामुदायिक विकास केन्द्रले स्वास्थ्य , खानेपानी , सरसफाई र स्वच्छता को क्षेत्रमा काम गर्दै आइरहेको र मुख्यगरि स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामाग्री सहयोग , वालमैत्री धारा निर्माण , फोहोर व्यवस्थापन खाडल निर्माण , विद्याथीहरुको स्वास्थ्य परिक्षण , स्वास्थ्य आमा समुहको सुदृरिकरण महिला सामुदायिक संयमसेविकाहरुको क्षमता विकास गर्दै समुदायमा परिचान गर्न सहयोग गरिएको नवचेतना सामुदायिक विकास केन्द्रका अध्यक्ष गोपालदास पौडेलले वताउनुभयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img