पौष पर्वत /
पर्वतको मोदी गाँउपालिका ४ लेस्पारमा संचालित लेस्पार कृषि सहकारी कृषि सहकारी संस्थाकोे दशौ वार्षिक साधारण सभा सम्पन्न सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले मोदी गाँउपालिकामा स्थापना भएका सहकारी मार्फत वचत गर्ने वानीको विकास हुदै गएको साथै सहकारी मार्फत कृषी उत्पादन र वजारीकरण कार्य थालनी भएकोमा सहकारीलाई धन्यवाद दिनुभयो । पछिल्लो समय लेस्पार सहकारीले उत्कृष्ट कार्य गर्दै आएको वताउदै सहकारीको थप प्रगतीको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा मोदी गाउँपालिका कार्यपालिका सदस्य लक्ष्मी विक ,सोडेक नेपालका अध्यक्ष देवी प्रसाद तिमिल्सिना, वडा सदस्य दिलमया पुनले सोडेक नेपालका परियोजना अधिकृत रमेश प्रसाद रिजाल लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो ।
साधारण सभामा सहकारी संस्थाका उपाध्यक्ष गेम वहादुर पुनले प्रगती प्रतिवेदन व्यवस्थापक अस्मिता पुनले आर्थिक प्रतिवेदनतथा निति तथा कार्यक्रम प्रस्तुत गनूभएको थियो जस अनुसार गत वर्षमा १ करोड ८७ लाख २ सयको आर्थिक कारोवार भएकोमा व्यवस्थापक अस्मिता पुनले प्रस्तुत गर्नुभएको प्रतिवेदन साधारण सभाले पास गरेको छ ।
।
सहकारी संस्थाले यस वर्ष कृषि उत्पादन लाई जोड दिदै वजारिकरण गर्ने लक्षका साथ काम गर्दै आएको र मोदी गाउपालिकामा नमुना सहकारीको रुपमा कार्यसम्पादन गर्दै आएको लेस्पार कृषि सहकारीका अध्यक्ष नरसिंह पुनले वताउनु भयो छ ।
साधारण सभामा उत्कृस्ट शेयर सदस्य राम कुमारी पुन उत्कृष्ट वचत कर्ता गौ वहादुर पुन उद्यमी हेम वहादु पुन र चम व पुन त्यैस्तै कारोवारको हिसावमा सरिता पुन र वसन्त चोचाङी पुन लाई सम्मान गरिएको थियो ।१०औ साधारण सभा लेस्पार कृषि सहकारीका अध्यक्ष नरसिंह पुनको अध्यक्षतामा सम्पन्न भएको थियो ।