निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, चैत्र ९, २०८१
Sunday, March 23, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतको जलजला गाउँपालिकाले अन्तरजातीय बिवाह गर्ने जोडिलाई सम्मान गर्ने

पर्वतको जलजला गाउँपालिकाले अन्तरजातीय बिवाह गर्ने जोडिलाई सम्मान गर्ने भएको छ ।
गाउँपालिकाले सुचना प्रकाशन गरि अन्तरजातीय बिवाह गर्नेहरुलाई निवेदन दिन पनि अनुरोध गरेको छ । समाजमा कायमै रहेको जातिय विभेद तथा छुवाछुत न्यूनिकरण गर्ने उद्धेश्यले पर्वतमा अन्तरजातीय बिवाह गर्ने जोडिलाई सम्मान गरिने भएको हो ।गाउँपालिकाले २०७४ सालपछि हालसम्म अन्तरजातीय विवाह गरेका पालिका भित्रका दम्पतीहरुलाई नगद सहित सम्मान गर्ने भएको हो ।

दलित र गैह दलित समुदायबीच ठुलो विभेद रहेकोले यसलाई हटाउनका लागि अन्तरजातीय दम्पतीलाई प्रोत्साहन स्वरुप नगद सहित सम्मान गर्न लागिएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदीप पौडेलले जानकारी दिनुभयो ।

समाजमा रहेको जातीय विभेद, हिंसा, कुरिती, कुसंस्कारको अन्त्य गरी समुन्नत समावेशी एवम् छुवाछुत मुक्त जलजला गाउँपालिका बनाउने उद्धेश्यले यस्तो कार्यक्रम लागु गरिएको उहाँको भनाई छ । विशेषगरी दलित र गैरदलित समुदायको बीचमा भएको अन्तरजातीय जोडिलाई मात्र प्रोत्साहन गरिने पौडेलले बताउनुभयो ।

जिल्लाका अन्य पालिकामा भन्दा जलजलामा अन्तरजातीय बिवाहीत जोडिको संख्या बढि रहेको छ । मगर र दलित समुदायको बाहुल्यता रहेको जलजलाका चारवटा वडामा अधिकांस मगर समुदाय रहेको छ । यस्तो खालको प्रोत्साहन मुलक कार्यक्रमले आगामी दिनमा अझै बढि अन्तरजातीय विबाहको लहर बढ्ने र यसले समाजमा देखिएको जातीय छुवाछुत र विभेद अन्त्य गर्ने जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताउनुभयो ।

२०७४ सालपछि बिवाह गरेका दम्पतीहरुले पन्ध्र दिनभित्र पालिकामा निवेदन दिन वा सम्पर्कमा आउन आग्रह गरेको छ । अन्तरजातीय विवाह गरेका दम्पतीले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि दुवै जनाको, विबाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराई गरी जलजला गाउँपालिका भित्र आएको भए सोको प्रमाणपत्र तथा बिवाहको पहिचान खुल्ने अन्य तस्विर वा कागजात पालिकामा बुझाउन आग्रह गरेको छ ।
पालिकामा दर्ता हुने आवेदनको आधारमा प्रोत्साहन रकमको व्यवस्था गरिने अध्यक्ष आचार्यले बताउनुभयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img
spot_img
spot_img