निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पूर्णेश्वर भूपू विद्यार्थी समाजद्वारा किचन सेफ्टी तथा विपत सचेतना कार्यक्रमको आयोजना

जिल्लामा क्रियाशील भूपू विद्यार्थीहरुको जेठो संस्था पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजले आज फागुन १७ गते पूणेश्वर मावि, वितलव, पर्वतमा किचन सेफ्टी तथा विपत सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कुश्मा १०, पिपलटारी, रोहोटेमा गत पुस २१ गते दुइजनाको ज्यान जाने गरी भएको ग्याँस सिलिण्डर लिकको घटनालाई मध्यनजर गर्दै आगामी दिनमा त्यस्ता विपतजन्य घटनाबाट जोगिन सो कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ ।

भूतपूर्व विद्यार्थी समाजले जिल्ला प्रहरी कार्यालय पर्वतको समन्वयमा सचेतनामुलक डेमो प्रदर्शन सहित विपतजन्य घटनाबाट जोगिन सो सचेतनामुखी कार्यक्रमको आयोजना गरेको हो ।

उक्त सचेतनामूलक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक रविन विष्ट, समाजका सल्लाहकार तथा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य शान्त पौडेल, सल्लाहकार तथा एमाले प्रदेश कमिटी सदस्य जुनादेवी नेपाली, सल्लाहकार तथा वडाअध्यक्ष रामचन्द्र सुवेदी लगायतले विपतजन्य घटनाबाट जोगिन सबैले होसियारी र सचेतता अपनाउनुपर्ने बताउनुभयो ।

समाजका अ्रध्यक्ष राजु पौडेलको अ्रध्यक्षतामा सन्पन्न उक्त कार्यक्रमको संचालक समाजका सचिव सन्तोष पौडेलले गर्नुभएको थियो भने स्वागत समाजका उपाध्यक्ष विनय चापाईले गर्नुभएको थियो ।

यस अघि समाजलाई तीज मेला २०८० र २०८१ मा सहयोग गर्ने सहयोग दाताहरुलाई खादा, दोसल्ला, अविर एवं प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img