निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, चैत्र ९, २०८१
Sunday, March 23, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

दुई करोड लगानीमा कुश्मा बन्जी साइडमा स्केट पार्क सञ्चालनमा

२२ फागुन, पर्वत । जिल्लाको कुश्मा स्थित बन्जी साइडमा दुई करोड लगानीमा स्केट पार्क सञ्चालनमा आएको छ । दुई युवाहरूको मिलेर करिब १ करोड ८० लाखको लागतमा स्केट पार्क सहित रेस्टुरेन्ट पनि सुरुवात गरेका हुन् ।

भलिबलका राष्ट्रिय खेलाडी समेत रहेका लक्ष्मण श्रेष्ठ र जगदीश सुबेदीले स्थानीय युवा तथा खेल प्रेमीहरूका लागि विशेष ध्यानमा राखेर स्केट पार्क सहित पर्वत क्याफे एन्ड रेस्टुरेन्ट सञ्चालनमा ल्याएको बताएका छन् ।


कुश्माको व्यापार व्यवसाय सुस्ताउँदै गएको भए पनि आफूहरूले चुनौती सामना गरेरै लगानी गरेको सञ्चालक लक्ष्मण श्रेष्ठले बताए । उनका अनुसार अहिले निर्माणको चरणमा नै आफूहरूको रहेको र केही दिनमा नै सम्पूर्ण कामहरू सकिने बताए । यही २३ गते औपचारिक उद्घाटन गरेर व्यवसायको सुरुवात गर्ने र निर्माण पनि सँगै लैजाने उनको भनाइ छ ।

सुरक्षित र व्यवस्थित रूपमा स्केटिङ गर्न सकिने ठाउँ प्राप्त भएकोमा स्केटिङ प्रेमी खेलाडीहरूमा उल्लास छाएको छ । यस खेल युवाहरूका लागि रमाइलो मात्र नभएर शारीरिक व्यायाम र कलात्मक अभिव्यक्तिको पनि राम्रो माध्यम मान्न सकिन्छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img
spot_img
spot_img