निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, चैत्र ९, २०८१
Sunday, March 23, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

कोरिया बाट फर्केर कृषि अभियान ,१ करोडको आलु र प्याज उत्पादन गर्दै


२५ फागुन २०८१ पर्वत/

१२ वर्ष कोरियाको वसाई सकेर गाँउ फर्किएका पर्वत वाच्छाका शिव कुमार क्षेत्री यती वेला व्यवसायिक कृषी पेशामा लागेका छन् ।
आफुले विदेशमा देखेको कृषि क्रान्ती कतीवेला गाँउमा गएर गर्ने भन्ने सपना वोकेर गाँउ फर्किएका क्षेत्रीले सिर्जनशिल कृषक समुह मार्फत पर्वतको विहादी वाच्छामा कृषि अभियान चलाएका छन् । उनले सुरुवात गरेको कृषि अभियानमा यतीवेला गाउका सवैले साथ दिन थाले पछी गाँउनै नमुना वन्दै गएको छ ।

केही वर्ष अगाडी कुश्मा पोखरा वाट दैनिक तरकारी खरिद गरेर लिनुपर्ने अवस्था रहेकोमा यतीवेला गाँउमानै तरकारी लगाएत नगदेवाली उत्पादन हुन थालेको छ । गाँउमा उत्पादन हुने तरकारीले वजार पाउन थाले पछी यहाका अन्य किसानहरुले पनि नगदेवाली लगाएत तरकारी खेती गर्न थालेका छन्। ।
राम्रो उर्वरा माटो भएको यस क्षेत्रमा वेमौसमी तथ मौसमी तरकारी उत्पादन गर्न सकिने कृषी ज्ञान केन्द्र पर्वतका कृषि प्रचार अधिकृत प्रेम आचार्यले वताए ।
यस आ व मा कृषि ज्ञान केन्द्रको सहयोगमा खायन आलुखेती संचालन गरिएकोमा २८ हजार २ सय केजी आलु उत्पादन भएको छ । आलु खेती सफल भए पछी समुह गत रुपमा अन्य तरकारी वाली लगाउन थालेको कृषक शिव कुमार क्षत्री वताउछन् । गाँउमा यस वर्ष करिव १ करोडको आलु र प्याज उत्पादन हुने क्षेत्रीले वताए ।
उनले १५ लाख व्यक्तिगत लगानीमा एस के कृषी तथा पशु फर्म संचालनमा ल्याएको पनी हामीलाई वताए । २ हेक्टरमा काक्राको विउ उत्पादन गर्न लागेको साथै ८ रोपनी क्षेत्रफलमा कागती खेती गरेको र अव दुध उत्पादनका लागि मुर्रा भैसी पाल्न लागेको क्षेत्रीले सुनाए ।
गाँउमा व्यवसायिक तरकारी खेती सफल भए पछि छिमेकी्हरु पनी तरकारी खेत गर्न थालेका छन् । केही वर्ष वाहिर वाट तरकारी आयात हुने वाच्छा गाउमा यतीवेला तरकारी खेतीले हरियाली हुन थालेको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img
spot_img
spot_img