पर्वतको फलेवास नगरपालिकाको आयोजनामा तेस्रो मेयरकप वडा स्तरिय खेलकुद प्रतियोगिता सोमवार वाट शूरु भएको छ ।
फलेवास नगरपालिका ८ ठानामौलाको खेल मैदानमा प्रतियोगिताको उद्घाटन फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले गर्नुभएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख तिवारीले खेलकुदको प्रवद्र्धन मार्फत फलेवासलाई चिनाउन सकिने वताउदै नगरपालिकाले हरेक वर्ष मेयर कप आयोजना गरि खेलाडीहरुको हौषला वढाउदै आएको जानकारी दिनुभयो । उहाले मेयरकपको आयोजनाले सवै वडामा उत्साह भएको र विशेष गरि खेलाडीहरुमा आफ्नो प्रतिभा देखाउने अवसर भएकोले सवैको साथ सहयोगले मेयरपकप २०८१ सफलहुने वताउदै सवैलाई सहयोगका अनुरोध गर्नुभयो

।
कार्यक्रममा फलेवास नगपालिका उप प्रमुख सोभा कुमारी क्षेत्रीले फलेवास नगरपालिकाले हरेक वर्ष विभिन्न वडाहरुमा मेयरकप आयोजना गर्दैआएको वताउदै यस वर्ष ठानामौलामा संचालन गरेको वताउनुभयो । उँहाले खेलकुद स्वास्थ्यका लागि महत्वपुर्ण रहेकोले खेलकुदको विकास आजको आवश्यकता रहेको बताउदै खेलकुद मार्फत फलेवासलाई चिनाउनपनि खेलाडीहरुलाई अनुरोध गर्नूभयो ।

कार्यक्रममा फलेवास नगरपालिका का प्रशासकिय अधिकृत कृष्ण प्रसाद आचार्य, नेपाली कांगे्रस पर्वतका उप सभापती शिव प्रसाद सुवेदी,राष्ट्रिय स्वतन्त्र पार्टीका रामेश्वर गौतम ,राष्ट्रिय प्रजातन्त्र पाटीका ठाकुर प्रसाद भुसाल,नेपाली कांग्रेस फलेवासका सभावती हिरामणी शर्मा ,नेकपा एमाले फलेवासका अध्यक्ष देवीप्रसाद तिमिल्सिना ,नेपाली नेकपा माओवादी केन्द्र फलेवासका ढाकाराम सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टी फलेवासका विष्णू रिजाल , फलेवास नपा २ का अध्यक्ष गंगा नारायण श्रेष्ठ, फलेवास नपा ३ का वडा अध्यक्ष अर्जुन वहादुर कार्की लगाएतका व्यक्तिहरुले सुभकामना मन्तब्य राख्नु भएको थियो ।

मिति २०८१ चैत्र २४ देखी २६ सम्म फलेवास ८ ठानामौलामा संचालन हुने मेयरकप खेलकुद प्रतियोगितामा फलेवासका ११ वटा वडाका खेलाडीहरुको सहभागीता रहेको छ । हाल सम्म फुटवल खेलमा १० टिम र भलिवल खेलमा ११ टिमको सहभागीता रहेको प्रशासकिय अधिकृत कृष्ण प्रसाद आचार्यले जानकारी दिनु भयो ।
फलेवास नगरपालिका वडा नंं ८ का वडा अध्यक्ष मन वहादुर कुवंरको अध्यक्षतामा आयोजना भएको उद्घाटन कार्यक्रममा फलेवास नगरपालिका सामाजिक विकास समितीका संयोजक नारायण लामिछानेले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन पत्रकार कृष्ण अखेलीले गर्नुभएको थियो ।









