पर्वत- यहाँको एक गाउँका युवाहरूको सक्रियता र सहयोगमा गाउँका १७ घर परिवारको स्वास्थ्य बिमा गरिएको छ । पर्वतको महाशिला गाउँपालिका वडा नं ६, फलामखानीका विपन्न, एकल महिला, अपांग व्यक्ति र मृगौला पीडितको स्वस्थ्य बिमा गरिएको हो । फलामखानी घर भई रोजगारीको शिलशिलामा कतारमा रहेका युवाहरु र गाउँका समाजसेवीद्वारा आर्थिक संकलन गरि स्वास्थ्य बिमा गरिएको हो । कतारमा रहेका गाउँले युवाहरुले गठन गरेको फलामखानी सेवा समाज पर्वत कतारको आयोजनामा शनिबार फलामखानी आधारभुत विद्यालयमा एक कार्यक्रमबीच १७ घर परिवारलाई ३ हजार ५ सयको दरले रकम हस्तान्तरण गरिएको छ ।
समाजले फलामखानी आधारभुत विद्यलायका ६५ विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गर्नुका साथै अपाङता भएका करिब ८ जनालाई आर्थिक सहयोग गरेको छ । कार्यक्रममा समाजले वडाकै जेष्ठ नागरिक चित्रकला क्षेत्रीलाई सम्मान गरेको छ ।
सोही कार्यक्रमको अवसरमा फलामखानी सेवा समाज पर्वत कतारका अध्यक्ष सागर सुनार रसाईली, वरिष्ठ सल्लाहकार दिपक सुनार, समाजसवी युवा विक्रम पोखरेलले व्यक्तिगत रुपमा फलामखानीमा रहेका ६ वटा आमा समुहलाई आर्थिक सहयोग प्रदान गरेका छ्न । त्यस्तै युवा समाजसेवी विक्रम पोखरेलले शैक्षिक उनयनका लागि फलामखानी आधारभुत विद्यालयलाई नगद ५ हजार सहयोग गरेका छन् ।
कार्यक्रममा वाल्दै कार्यक्रमका प्रमुख अतिथि महाशिला गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष गोविन्द बहादुर विश्वकर्माले सरकारले गर्ने काम फलामखानी सेवा समाजले गरेको भन्दै समाजलाई धन्यवाद दिए । उनले आफ्नो गाउँबाट रोजगारीका लागि कतार गएका युवाहरुले संस्था गठन गरी गरेको सामाजिक कार्य उल्लेख्निय रहेको बताए । फामखानी सेवा समाज पर्वत कतारका अध्यक्ष सागर सुनार रसाईलीले विदेशमा रहेका युवाहरूले कमाइ गरेको केही रकम समाजसेवामा खर्च गर्नुपर्छ भन्ने उद्देश्यले युवाहरूबाट संकलित रकमले स्वास्थ बिमा गरिएको बताए । आर्थिक अभावमा गाउँका कुनै व्यक्ति उपचारबाट बन्चित नहुन भनेर स्वास्थ बिमा गराइएको उनले बताए ।
कार्यक्रमा महाशिला ६ का वडा स्दस्य प्रेम सुनार, पत्रकार दिपेश वि पोखरेल, समाजका सल्लाहकार दिपक सुनार, समाजसेवी भिव बहादुर क्षेत्री लगायतले मनतव्य मन्तव्य व्यक्त गरेका थिए ।
फलामखानी आधारभुत विद्यालयका अध्यक्ष टेक बहादुर सुनारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्थानिय कुमार वि.क सेन्चुरीको स्वागत र फलामखानी आधारभुत विद्यालयका शिक्षक अनिल विश्वकर्माले संचालन गरेका थिए ।