हङकङ /
२८ अप्रेल २०२५ /
चारभञ्याङ तमु समाज हङकङ सामाजिक कार्यमा क्रियाशिल वन्दै गएको छ । रोजगारिको शिलशिलामा विदेशमा रहेका नेपाली दाजुभाई दिदिवहिनीहरुले आपसी सदभाव र एकताका लागि संगठन वनाएर विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् ।
चारभञ्याङ तमु समाज हङकङले पछिल्लो समय सक्रियता वढाउदै विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको नि अध्यक्ष गंगा वहादुर गूरुङले वताउनु भयो ।

उहाका अनुसार समाजले कुनै दातृ निकायवाट सहयोग नलिएको चारभञ्याङ तमु समाजका सदस्यहरुवाट प्राप्त सहयोगले नै विभिन्न कामहरु गर्दै उहाले जानकारी दिनुभयो सदस्यहरु वाट प्राप्त सहयोग वाट ठानामौला नेपानेमा रहेको सरस्वती आधारभुत विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरिएको साथै आर्थिक स्थिती कमजोर भएका विरामीहरुलाई स्वास्थ्यसेवाका लागि रकम संकलन गरि सहयोग गरिएको छ ।
सोही विद्यालयमा खानेपानीको समस्या रहेकोमा गण्डकी प्रदेश मुख्यमन्त्रीका स्वकिय सचिव राजेन्द्र वहादुर क्षेत्रीको पहलमा खानेपानीका लागि पाइप उपलब्ध भै खानेपानी व्यवस्थापन गरिएको छ ।
विद्यालयमा खानेपानी व्यवस्थापन गर्नका लागि नि अध्यक्ष गंगा वहादुर गूरुङ ,चार चारभञ्याङ यूवा क्लवका सल्लाहकार शिवसिहं घले ,चार चारभञ्याङ यूवा क्लव ठानामैलाका अध्यक्ष याम व गूरुङ, सचिव सुमन जिसी लगाएतले पहल गर्नभएको थियो । चारभञ्याङ तमु समाज हङकङ स्थापना गरेर आफ्नो गाउ ठाउको विकासमा सहयोग गर्न पाउदा निकै खुसीको अनुभव रहेको समाजका अध्यक्ष तारा प्रसाद गुरुङले वताउनु भयो ।
समाज गठनले आफुनो रिती रिवाज रहन सहनको संरक्षणमा निकैनै सहयोग पुगेको उहाले वताउनु भयो । पछिल्लो समय चारभञ्याङ तमु समाज ग्लोवले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा हङकङ वाट पनि सहकार्य र सहयोग हुदै आएको समाजले जनाएको छ ।