निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शुक्रबार, जेष्ठ ३, २०८२
Friday, May 16, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतको विहादी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दीगोपना घोषणा

१६ वैशाख, पर्वतको विहादी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष तथा बिहादी खोप समवन्य समितिका प्रमुख परविन गुरुङले एक कार्यक्रमका वीचमा बिहादीलाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना सहितको पालिका पानमा बत्ति बालेर गरेका थिए । गाउँपालिकाका सवै बालबालिकालाई खोपको सुनिश्चितता भएपछि दीगोपना सहितको पालिका घोषणा गरिएको हो ।

सो अवसरमा अध्यक्ष गुरुङले पालिकाका सवै बालबालिकालाई पूर्ण खोप लगाउनु स्थानीय तहको दायित्व र कर्तब्य भएको भन्दै त्यो दायित्व पालिकाले बर्षेनी पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना तिवारी, स्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्री आचार्यले पूर्ण खोपको विषयमा आफ्नो धारणा राख्नुभएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी भुषालले खोपको अवस्थाको प्रगति विवरण प्रस्तुत गर्दै कुनै पनि बालबालिका खोपबाट बन्चित हुन नपरोस भनेर आफूले कार्य योजना निर्माण गरी काम गरीरहको बताउनुभएको थियो ।

भुषालले सवै नागरिक समेत खोप लगाउनुपर्छ भनेर सचेत भएको खण्डमा यो कार्यक्रम अझै दीगो र प्रभावकारी हुने धारणा समेत राख्नुभयो । कार्यक्रममा गाउँपालिकाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा स्थानीयबासीको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन बर्राचौर स्वास्थ्य चौकी प्रमुख भुपेन्द्रनाथ पौडेलले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img
spot_img
spot_img