पर्वत ।
सामाजिक विकास कार्यालयको सहयोगमा मिडिया संग सामाजिक विकास कार्यालय रेडियो कार्यक्रम सम्पन्न भएको छ । कार्यालयको आव २०८१/ २०८२ को वार्षिक कार्यक्रम अर्न्तगत मिडिया संग सामाजिक विकास कार्याक्रम सम्पन्न भएको कार्यालयले जानकारी दिएको छ । यस कार्यक्रम अर्न्तगत कार्यालयको गतिविधीमा रहेर स्थानिय रेडियो पर्वत वाट ५ वटा कार्यक्रम उत्पादन तथा प्रसारण गरिएको छ ।
सामाजिक विकास कार्यालयले संचालन गरेका कार्यक्रमहरुको प्रचार प्रसार तथा जनताहरुलाई कार्यक्रम प्रती उत्तरदायि र जवाफदेहिताका लागि यो कार्यक्रम संचालन गरेको कार्यलय प्रमुख गोविन्द प्रसाद पौडेलले जानकारी दिनुभयो । यस कार्यक्रममा योजनाका लाभग्राहीहरुले कार्यक्रम पश्चात समुदायमा परेको प्रभावका वारेमा रेडियो कार्यक्रममा प्रतिक्रिया दिएको पोडेलले जानकारी दिनुभयो । कार्यालय वाट संचालन भएका कार्यक्रमहरु मिडिया मार्फत जानकारी गराएका छौ । सेवाग्राहीहरुको पनि प्रतिक्रिया लिएका छौ आगामी दिनका योजना माग गर्नेको संख्यामा पनि वृद्धि हुने अनुमान गरेका छौ उहाले वताउनु भयो ।
यस कार्यक्रम अर्न्तगत कार्यालयद्धारा प्रदान गरिने सेवाहरु, यस आवमा संचालित कार्यक्रमहरु , नया योजना पेश गर्नका लागि आवश्यक प्रक्रिया, योजना फर्छीयौट, योजना कार्यान्वयनमा देखिएका समस्याहरु, योजना कार्यन्वयनमा जनसहभागिता र योजना प्रती समुदायिको उत्तरदायित्वको वारेमा रेडियो कार्यक्रम संचनालन गरिएको थियो ।
कार्यक्रम तयार गर्दा लाभग्राहीहरुको प्रतिक्रियाहरुलाई समेत समेटिएकोे छ । गत वर्ष पनि संचालन गरिएको यस कार्यक्रम प्रभावकारी रहेकोले यस आवमा पनि निरन्तरता दिएको कार्यालयले जनाएको छ ।
कार्यालय वाट यस आवमा करिव १२० वटा योजना छनौट भएकोमा ७८ वटा योजना सम्झौता भएको र ४० वटा योजनाको सम्पन्न भएको कार्यालयले जनाएको छ ।
कार्यालयले यस आवमा विद्यालयको भौतिक पुर्वधार , धार्मीक क्षेत्र संरक्षण , महिला ,दलित ,वालवालिका ,अपाङगता भएका व्यक्तिहरुको क्षमता विकास , लोकसेवा तयारी कक्षा , तथा दिवसिय कार्यक्रमहरु संचालन गरेको छ ।
