निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

प्रदेश अस्पताल कुश्मामा फिजियोथेरापी सेवा सुरु

३० बैशाख २०८२/

पर्वत-प्रदेश अस्पताल कुश्मा पर्वतमा अस्पताल संचालनको ३५ बर्षपछि जिल्लामै पहिलोपटक फिजियोथेरापी सेवा सुरु भएपछि बिरामीहरुलाई सहज भएको छ ।

गत पुष महिनाबाट अस्पतालमा सुरु भएको फिजियोथेरापी सेवाबाट हाडजोर्नी तथा नशा सम्बन्धि समस्या भएका धौलागिरी क्षेत्रका सयौं बिरामीहरु लाभान्वित भएका छन् ।

फिजियोथेरापीका लागि बिरामीहरुलाई बाग्लुङ, पोखरा जानुपर्ने बाध्यता हटेको छ भने सेवा प्रभावकारी हुँदै गएको छ । अस्पतालका सेवा सुविधाहरु बिस्तारमा वृद्धि हुँदै गएपछि सरकारी अस्पतालमा बिरामीहरुको विश्वास बढेको र विभिन्न रचनात्मक कार्य तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदानमा जोड दिएको प्रदेश अस्पताल व्यवस्थापन समिति पर्वतका अध्यक्ष शंकर गिरीले बताउनुभयो ।

युवा नेतृत्वले प्रदेश अस्पतालको व्यवस्थापनमा उल्लेखनीय कार्य गरेको गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृषि प्रसाद पाठकले बताउनुभयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img