निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

लक्षित वर्गका महिलाहरुको लागि ५ दिने व्यावसायिक तालिम सुरु

लक्षित वर्गका महिलाहरुको लागि ५ दिने व्यावसायिक तालिम सुरु

३१ बैशाख, कुश्मा पर्वत

कुश्मा नगरपालिका वडा नं ४ का लक्षित वर्गका महिलाहरुको लागि ५ दिने व्यावसायिक बाख्रा तथा कुखुरापालन तालिम बुधवार देखि कुश्मामा सुरु भएको छ । कुश्मा नगरपालिकाको आर्थिक सहयोग तथा समन्वयमा फ्रन्टलाइन नेपाल उद्यमशिलता तथा विकास संस्था पर्वतको आयोजनामा राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रमको उद्यमशिलता र सीप विकास तालिम अन्तर्गत सो कार्यक्रम सम्पन्न हुँदै छ ।

कार्यक्रममा प्रमुख अतिथीको मन्तव्य राख्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले महिलाहरुलाई उद्यमशिल बन्नका लागि आह्वान गर्र्दै यस कार्यक्रमले महिलाहरुलाई उद्यमी बनाउन प्रेरित गर्ने बताउनु भयो । तालिमबाट सीप सिक्ने तर स्रोतको सहि सदुपयोग नगर्दा महिलाहरु पछि परको बताउँदै उहाँले नगरपालिकाले काम गर्ने उद्यमीहरुका लागि सहयोग गर्ने धारण व्यक्त गर्नु भयो ।

कार्यक्रममा उपप्रमुख स्वस्थानी रिजालले विशेषगरी पुर्वराष्ट्रपती विद्या भण्डारीको पालादेखि महिलाहरुकै लागि आएको यो उद्यमशिलता तथा सीप विकास तालिमले विशेषगरी महिलाहरुलाई स्वलम्वी बन्न र उद्यमशिल बनेर आयआर्जन गरी शसक्त बन्नका लागि योगदान गरेको बताउनु भयो । उहाँले अघिल्लो साल सोही कार्यक्रमका सहभागीहरु व्यवसायीक उद्यमी बनेका जानकारी दिँदै सबैलाई विउ पुँजी नमासी सफल र व्यवसायीक महिला बन्नका लागि आग्रह समेत गर्नु भयो ।

कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेल, कुश्मा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिनेश श्रेष्ठ, नगरकार्यपालिका सदस्य शिवलाल सार्की, कुश्मा नगरपालिका महिला तथा वालवालिका शाखा प्रमुख चेतकुमारी शर्मा, संस्थाका संंस्थापनक अध्यक्ष तथा कार्यक्रम निर्देशन शिवप्रसाद शर्मा लगाएतले कार्यक्रमको उद्देश्य, प्रदान हुने ज्ञान, सीप र विउ पुँजीको सदुपयोगीता बारेमा बोल्नु भएको थियो । फ्रन्टलाइने नेपालका कार्यवहाक अध्यक्ष मञ्जुकुमारी शर्माको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्र कार्यक्रमको संचालन सचिव सञ्जुकुुमारी शर्माले गर्नु भएको थियो ।

कुश्मा नगरपालिका वडा नं ४ ले छनौट गरेका २५ जना एकल, अपाङगता र विपन्न वर्गका महिलाहरु तालिममा सहभागी रहेका छन् । पशुसेवाका चिकित्सक तथा विज्ञ, उद्यमशिलता, बजारीकरण एवं वित्तिय साक्षरताका विज्ञ सहजकर्ताहरुबाट विषयबस्तुको सहजीकरण हुने संस्थाले जानकारी दिएको छ ।

तालिम सम्पन्न भए पश्चात सहभागीले विउ पुँजी स्वरुप जनही रु २६ हजार अनुदान सहयोग पाउने छन् । वडा कार्यालय र संस्थाले सबै सहभागीहरुले विउ पुँजीको सदुपयोग गरेर व्यावसायीक बन्न सुरु गरेको सुनिश्चित गर्ने विधि अवलम्वन गर्ने तथा नगरपालिकाले त्यसको लागि अनुगमन, समन्वय र सहयोग गर्ने संस्थाका कार्यक्रम निर्देशक शिवप्रसाद शर्माले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img