निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

३२औं मदन आश्रित दिवसको अवसरमा फलेवासमा सरसफाई तथा विविध कार्यक्रम सम्पन्न

जेष्ठ ३ गते २०८२ /

३२औं मदन आश्रित दिवसको अवसरमा पर्वतको फलेवास ६ देविस्थानमा रहेको मदन पार्कमा सरसफाई तथा विविध कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले फलेवास नगरकमिटीले आयोजना गरेको कार्यक्रममा फलेवास नगरपालिकाका ७० जना भन्दा वढि नेकपा एमालेका नेता, कार्यकर्ता र सर्वसाधारणहरु उपस्थितीमा सरसफाई अभियान सञ्चालन भएको नेकपा एमाले फलेवासले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३२औं स्मृति दिवसमा उहाँहरुले गरेको योगदानको स्मरण गर्दैे फलेवासमा रहेको मदन पार्कमा सरसफाई तथा उहाँहरुको नेपाली राजनीतिमा रहेको योगदानको चर्चा गरिएको थियो ।
तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरणमा नेकपा (एमाले) फलेवासले सरसफाई तथा प्रवचन कार्यक्रम आयोजना गरेको नेकपा एमाले फलेवास नगर कमिटी अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ। मदन–आश्रितको सम्झनामा नेकपा एमाले फलेवासले हरेक वर्ष विविध कार्यक्रम आयोजना गर्दै आएको छ ।
मदन भण्डारीको सिर्जनात्मक माक्सर्वादले विश्व जगत नै प्रभावित भएको छ, जनताको वहुदलीय जनवाद नेपालको विशेष परिस्थितिमा अझ व्यवहारिक सावित हुंदै गएको छ, उनको स्मृति दिवशमा उनीप्रतिको सच्चा सम्मान उनले प्रतिपादन गरेको विचार र आर्दशलाई आत्मसात गरी र व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउनु अहिलेको आवश्यकता रहेको कार्यक्रममा वोल्ने नेताहरुले वताउनु भएको भएको थियो ।

नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जिवराज आश्रितको विशिष्ट सांगठनिक खुबी, फलामे अनुशासन, वैचारिक परिपक्वता, सरल जिवनशैली र उहाँ अनुकरणीय कृतित्वलाई अंगिकार गरी पार्टी संगठनलाई व्यवस्थित गर्न जरुरी छ । राजनीतिमा मौलाउदै गएको अराजकतालाई तत्काल परास्त गरी सुव्यवस्थित संगठन निर्माण गर्न जरुरी रहेको विषयमा चर्चा र जोड दिइएको थियो ।
कार्यक्रममा नेकपा (एमाले) का तत्कालिन महासचिव क. मदन भण्डारी र सङ्गठन विभाग प्रमुख क.जीवराज आश्रितको ३२औं स्मृति दिवसको सन्दर्भमा उहाँहरुको फोटो, शालिकमा माल्यणपण तथा पुष्पगुच्छा अर्पण गर्दै उहाँहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
नेकपा एमाले फलेवास नगर कमिटीको आयोजनामा भएको कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य शारदा कुमारी शर्मा, नगर कमिटी अध्यक्ष देवीप्रसाद तिमिल्सिना, जिल्ला कमिटी सदस्यहरु मन वहादुर कुंवर, वलराम भुसाल, नन्दलाल वहादुर क्षेत्री, नगर कमिटी सचिव गोविन्द प्रसाद भुसाल, वडा कमिटीका अध्यक्षहरु राजकुमार क्षेत्री, नारायण वहादुर कुंवर, विनोद सापकोटा, युवराज उप्रेती, किसान महासंघका जिल्ला सचिव कृष्ण तिवारी र फलेवास नगरपालिकाका जनप्रतिनिधिहरुले अन्तरक्रियामा सम्वोधन तथा जननेता मदन भण्डारी र कुसल संगठक जिवराज आश्रितको योगदानको चर्चा गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन तथा सहजीकरण नगर कमिटीका उपसचिव विनोद प्रसाद भुसालले गर्नु भएको थियो । भने कार्यक्रमको व्यवस्थापन मदनपार्क निर्माण समितिका अध्यक्ष थान वहादुर कुवंर लगाएत समितीका सदस्यहरुले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img