२६ जेष्ठ २०८२ ।
पर्वतको फलेवास ८ नयावस्तीमा ग्रामिण पोषण सुरक्षण कार्यक्रम संचालन गरिएको छ । कृषि ज्ञान केन्द्रको चालु आ व को कार्यक्रम अन्र्तगत पोषण कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रम अन्र्तगत कृषि ज्ञान केन्द्रको सहयोगमा ९० प्रतिशत अनुदानमा २४ वटा मौरीका गोलाघार १६० वटा कुखुरा र ५० प्रतिशत अनुदानमा २ वटा प्लाष्टिक टनेल निर्माणमा सहयोग गरिएको कार्यालयका प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो ।

अभिमुखिकरण कार्यक्रममा वोल्दै कार्यालय प्रमखु अधिकारीले पोषण कार्यक्रमले वालवालिका र महिलाहरुलाई प्रतक्ष फाइदा पुग्ने वताउदै कार्यक्रम संचालन गर्दा दुरदराजका विपन्न कृषकहरुलाई प्रतक्ष लाभान्वित हुने गरि संचालन गरिएकोे वताउनु भयो ।
पोषणयुक्त खानेकुरा उत्पादन गरि उपभोग गर्ने वानीको विकासका लागि पर्वतमा मौरीपालन ,कुखुरा पालन र ताजा तरकारी उत्पादन लाई जोड दिइएको अधिकारीले जानकारी दिनुभयो ।

अभिमुखीकरण कार्यक्रममा कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ प्रकाश चौधरी , लेखापाल तोयानाथ शर्मा वडा अध्यक्ष मन वहादुर कुवंर,कृषि प्राविधिक प्रदिप कुवंर, सिर्जनशिल वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष देवीप्रसाद तिमिल्सिना, फलेवास नगरपालिका समाजिक अभियान्त मेघराज शर्मा लगायत सेवाग्राहीहरुको उपस्थिती रहेको थियो ।
फलेवास नगरपालिका ८ का वडा सदस्य कुमार विकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन कृषि ज्ञान केन्द्रका प्राविधिक प्रदिप कुवंरले गर्नूभएको थियो ।
यस आवमा कृषि ज्ञान केन्द्रले पर्वतको फलेवास नगरपालिका ८ नयावस्ती, मोदी गाउपालिका ४ खुइजेरी, विहादीगाउपालिका ४ लुरिङ, फलेवास नपा ४ मुडिकुवा र जलजला गाउपालिकाको धाइरिङ र पंयूको भोर्लेमा ग्रामिण पोषण सुरक्षण कार्यक्रम संचालन गर्ने भएको छ ।










