निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्यटन तथा उद्योग कार्यालय पर्वतको भौतिक प्रगती १०० प्रतिशत


श्रावण १९ पर्वत ।

पर्यटन तथा उद्योग कार्यालय पर्वतको आ व २०८१।२०८२ को समग्र प्रगती सार्वजनिक भएको छ । कार्यालयको गत आवको भौतिक प्रगती १०० प्रतिशत र वित्तिय प्रगती ९५.५४ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।


गत आ.व.मा कार्यालयको कुल वजेट ३ करोड ४५ लाख रहेकोमा ३ करोड ३० लाख खर्च भएको हो । गत आवमा मुख्य सम्पादन भएका कार्याक्रमहरुमा पर्यटन पुर्वधार तर्फ ४५ वटा योजना रहेकोमा सतप्रतिशत योजना सम्पन्न भएका छन् ।


जस अन्तर्गत १७ वटा पदमार्ग, २१ वटा धार्मिक पर्यटकिय स्थलमा पुर्वधार विकास र ४ वटा पार्क निर्माण भएका छन् । कार्यालयले गत आव मा २०८१ माघ वाट योजना कार्यन्वयनको काम शुरुगरकोमा छोटो समयमा सतप्रतिशत योजना सम्पन्न गरेको कार्यालयका प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो ।
उद्योग वाणिज्य तर्फ गत आव २०८१।२०८२ मा ७० वटा उद्योग र ६६ वटा वाणिज्य फर्म दर्ता भएका छन् भने असार मसान्त सम्म १०४वटा उद्योग र १२० वटा वाणिज्य फर्म खारेज भएका छन् । पर्वतमा यस वर्ष उद्योग वन्द गर्नेको सख्या वढ्दै गएको छ ।


पछिल्लो समय छोराछोरी लाइ विदेश पठाउन सहजताका लागि उद्योग दर्ता गर्ने छोराछोरी विदेश गए पछि उद्योग खारेज गर्ने लहरले गर्दा कार्यालयको तथ्यांकमा उद्योग वन्द गर्नेको संख्य वढेको कार्यालय प्रमुख शर्माको भनाइ छ ।


कार्यालयको तथ्यांक अनुसार हाल सम्म पर्वतमा ३१४४ उद्योग र २८७७ वाणिज्य फर्म संचालमा रहेका छन् । त्यसैगरि पर्यटन तर्फ ६१ वटा होमष्टे संचालनमा रहेकामा ६० वटा सामुदायिक होमष्टे रहेको पनि कार्यालयले जनाएको छ ।
कार्यालयले उद्योग प्रवद्र्धन कार्यक्रम अन्तर्गत उद्योगहरुको दिगोपना तथा उद्यगीहरुको प्रोत्साहनका लागि १६ जना उद्योगीहरुलाई प्रविधि र उपकरण सहयोग गरेको छ ।
कार्यालयमा उद्योग प्रवद्र्धका लागि प्रयाप्त वजेट नहुदा सवै उद्योगीहरुलाई सहयोग गर्न नसकेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८२।२०८३ मा १११ वटा योजना रहेकोमा ३ वटा योजना सम्झौता भै काम शुरु भैसकेको छ ।


साथै अन्य योजनाहरु सम्झौताका लागि सवै पालिकामा साउन ७ गते पत्रचार गरिएको र पैयुँ गाँउपालिका वाहेक सवै वडाहरुमा योजना सम्झौता पुस्तिका पठाई सकिएको कार्यालय प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो ।


spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img