निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

फलेवास नगर भजन समुहले हरितालिका तीजको अवसरमा दिदिबहिनिहरुलाई दर खुवाउने ।


रामचन्द्र भुसाल, फलेवास ।


पर्वतको फलेवास नगरपालिका ६, देवीस्थानमा रहेको फलेवास नगर भजन समुहले हरितालिका तीजको अवसरमा दर खुवाउने कार्यक्रम आयोजना गर्ने भएको छ ।

महिला दिदिबहिनिहरुको महान पर्व तीजको अवसरमा विविध साँस्कृतिक कार्यक्रमहरुको साथमा यहि भदौ ६ गते दर खाने कार्यक्रमको आयोजना गरीएको समुहका अध्यक्ष रमेश चपाइँले जानकारी दिएका छन् ।

देवीस्थान भजन समुहले आयोजना गरेको उक्त कार्यक्रममा फलेवास नगरपालिकाले पनी आर्थिक सहायता गरेको अयोजकको भनाई रहेको छ ।

देवीस्थानको सातकुरीया शिव मन्दिर क्याम्पस पथ चौतारी परीसरमा उक्त कार्यक्रम गरीने समुहका सदस्य समुन्द्र शर्माले बताएका छन् ।

भदौ ६ गते मौलिक तीज भाकामा विभिन्न समुहद्धारा गित तथा नृत्य प्रस्तुति, दुधबाट बनेका खिर लगायतका परीकार संगै करोलो, काँक्रा र तामाको अचार खाएर एकआपसमा मिलिजुली शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको चपाईँले बताएका हुन् ।

सेही दिन पर्वत जिल्लाका सतवटै स्थानीय तहका महिला प्रमुख र उपप्रमुखहरुको पनि उपस्थित रहने आयोजकको भनाई छ । उक्त कार्यक्रममा खुल्ला रुपमा सात सय जनाभन्दा धेरै व्यक्तिहरुलाई दर खुवाउने गरी आफूहरुले तयारी थालेको नगर भजन समुहले जानकारी गराएको हो ।

ऐतिहाँसिक रुपमा लोप हुँदै गएका पुराना तीजका भाकाहरुलाई स्थान दिँदै परम्परागत शैलिमानै दर खाने मान्यताका साथ कार्यक्रमको आयोजना गरीएको बताईएको छ ।

कार्यक्रममा देवीस्थान वडा कार्यालयको पनि आवश्यक साथ सहयोग रहने वडा अध्यक्ष नविन कुमार श्रेष्ठले बताएका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img