निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्बतको फलेवासमा मोटरसाइकल दुर्घटना, २ घाइते ।


रामचन्द्र भुसाल, फलेवास ।
पर्बतको फलेवास नगरपालिका ६, देविस्थानमा मोटर साइकल दुर्घटना भएको छ ।

हिजो राती करिव ११:१५ बजेको समयमा फलेवासको ढिक नजिकै उक्त घटना भएको हो ।

देविस्थानका कुशल पौडेलले आफ्नो घर नजिकै पार्किङ गरि राखेको ग ३ च ३६६२ नम्बरको कारमा बिपरित दिसाबाट आएको ग ७ प ७६१८ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको राम पौडेलले जानकारी दिनुभयो।

मोटरसाइकलमा सवार युवाहरुले माधक पदार्थ सेवन गरि सवारी चलाएका कारण छेउमा रोकिराखेको गाडीमा ठोक्किन पुगेको स्थानीय इन्द्र प्रसाद श्रेष्ठले बताउनुभएको छ ।

घाइतेको टाउको र शरिरका विभिन्न ठाउँमा चोट लागेकोले उपचारका लागि पर्बत जिल्ला अस्पताल पाठाइएको प्रहरीको भनाइ छ ।

घाइते बर्ष २१ का रोशन कुवर(चालक) र बर्ष २० का रमेश परियार दुवैजना देविस्थानका रहेको बताइएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img