निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

चार भञ्ज्याङ तमु समाज युके उत्कृष्ट परोपकारी संस्था बाट सम्मानित

लण्डन ।
वेलायतमा स्थापना भएर सामाजिक सेवामा कृयाशिल रहेको चार भन्ज्याङ तमु समाज यूके “वर्ष २०२५ को उत्कृष्ट परोपकारी संस्था बाट सम्मानित भएको छ ।

३१ अगस्टमा नेपाल ब्रिटेन डटकमले १८औं वार्षिक समारोहमा महामहिम नेपाली राजदूतज्यू सहित विभिन्न संघ संस्थाका नेतृत्वदायी, विशिष्ट बौद्धिक तथा विद्वान व्यक्तित्वहरूको उपस्थितिमा चार भन्ज्यांग तमु समाज युके लाई सम्मान प्रदान गरेको हो ।

यस अघी नेपाल ब्रिटेन डटकमले ९औं वार्षिक समारोहमा चार भन्ज्याङ तमु समाज यूकेका पुर्व अध्यक्ष तथा सि.सि.का निर्वतमान अध्यक्ष ह. लेप्टेन चन्द्र वहादुर गूरुङलाई उत्कृष्ट सामाजिक व्यक्तिको रुपमा सम्मान गरेको थियो । त्यसै गरि २०१८ मा नेपाल ब्रिटेन डटकमले तमु धिं यूकेका पुर्व अध्यक्ष ज्ञाम वहादुर गूरुङलाई उत्कृष्ट सामाजिक व्यक्तिको रुपमा सम्मान गरेको थियो ।

२०६४ सालमा स्थापना भएको चार भन्ज्याङ तमु समाज यूकेले चार भन्ज्याङ क्षेत्र विकास परियोजना अनर्तगत शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिको विकासका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ ।

समाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूसँग समन्वय गर्दै देश तथा विदेशमा विभिन्न सामाजिक परोपकारी सेवाका कार्यहरु गर्दै आएको छ ।
समाजले पर्वत जिल्लाको फलेवास नगरपालिका ८ ठानामौलामा चार भन्ज्याङ स्वास्थ्य केन्द्र स्थापना गरि अन्तर्राष्ट्रिय विशेषज्ञहरूबाट टेलिमेडिसिन स्वास्थ्य सेवा निःशुल्क परीक्षण, परामर्श र औषधि वितरण गरिरहेको छ ।
हालसम्म यस क्लिनिकले ३७,००० भन्दा बढी बिरामीलाई निःशुल्क सेवा दिइसकेको छ। यस क्लिनिकमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चिकित्सकहरूले विभिन्न स्वास्थ्य शिविर पनि सञ्चालन भइरहेका छन्।

पर्वत जिल्ला फलेवास नगरपालिका अन्तर्गतका ठानामौला, भंगरा र महाशिला गाउँपालिका अन्तर्गत लामे र दाद्रा गाउँबाट बेलायतका विभिन्न स्थानहरूमा बसोबास गर्दै आएका गुरुङहरूले मौलिक रीतिरिवाज, धर्म, संस्कार र संस्कृतिहरुको संरक्षण तथा सम्बर्द्धन गर्न, साथै सामाजिक विकासका लागि चार भन्ज्याङ तमु समाज यूके स्थापना गरेको निवर्तमान अध्यक्ष वेन कुमार गुरुङले वताउनुभयो ।

समाजले संसारभरि छरिएर बसेका चार भन्ज्याङ तमु समाजका सदस्यहरूलाई एकीकृत गरी चार भञ्ज्याङ क्षेत्रको विकासका लागि चार भन्ज्याङ तमु समाज समन्वय केन्द्र स्थापना गरि कार्यक्रम संचालन गर्दै आएको छ ।
हाल समन्वय केन्द्र अन्र्तगत चार भन्ज्याङ तमु समाज काठमाडौं, पोखरा, रुपन्देही, हङकङ, युके, युरोपियन युनियन र जापान आवद्ध रहेका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img