निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

मोती सामुदायिक पुस्तकालयमा पुस्तक विमर्श कार्यक्रम सम्पन्न

पर्वत- पर्वतको फलेवास नगरपालिका-५ खानीगाउँमा रहेको मोती सामुदायिक पुस्तकालयमा पुस्तक विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

हरेक वर्ष भदौ १५ गते मनाइने पुस्तकालय दिवसको अवसर अन्तर्गत यस पटक १८ औँ पुस्तकालय दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन फलेवास नगर समितिको आयोजना तथा मोती सामुदायिक पुस्तकालयको व्यवस्थापनमा ‘हाम्रो पुस्तकालय: हाम्रो भविष्य’ भन्ने नाराका साथ पुस्तकमाथि विमर्श गरिएको हो । व्यक्तिहरूमा अध्ययन गर्ने संस्कृतिको विकास गर्नका लागि आयोजना भएको कार्यक्रममा ११ जना पाठकहरूले विभिन्न विधाका पुस्तकहरू विमर्श गर्नुभएको थियो ।

शिक्षकहरूको विभिन्न पेसागत सङ्घ तथा सङ्गठनमा आबद्ध भएका शिक्षकहरूको समेत सहभागितामा भएको यस्तो खालको कार्यक्रम जिल्लामा नै पहिलो पटक आयोजना भएको सङ्गठनको फलेवास नगर कार्यसमितिका अध्यक्ष ओमकार पौडेलले बताए । कार्यक्रममा सहभागी भएकाहरूको लागि नौलो अनुभूति हुने गरी पठन संस्कृतिको विकास गर्न र आफूले अध्ययन गर्न नपाएका सिर्जना र सिर्जनाकारको जानकारी सहितको समीक्षाले अध्ययन गर्न थप प्रेरणा मिलेको उनको भनाइ छ ।

सङ्गठनका नगर अध्यक्ष ओमकार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय समिति सदस्य चिरञ्जीवी अधिकारीको प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो । यस्तै राष्ट्रिय समिति सदस्य नवराज भुसाल, जिल्ला अध्यक्ष सुरेन्द्र शर्मा गौतम, निवर्तमान राष्ट्रिय समिति सदस्य शारदा कुमारी शर्मा, मोती सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्णराज पौडेल, फलेवास नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टङ्कनाथ पौडेल र खानीगाउँका वडाध्यक्ष नारायण लामिछाने लगायतको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत सङ्गठनका उपाध्यक्ष टेक तिवारी र सञ्चालन सचिव सागर तिवारीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img