काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । जेनजी आन्दोलनपछि पार्टीको धारणा बनाउन एमाले केन्द्रीय कमिटीको बोलाइएको हो ।
ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
ओलीको प्रतिवेदनमा समसामयिक राजनीति, जेनजी आन्दोलन,घुसपैठ,व्यक्ति र सार्वजनिक सम्पत्तिको तोडफोड लगायतका विषय समेटिएका छन् । उक्त प्रतिवेदनमाथि धारणा राख्न केन्द्रीय सदस्यहरूलाई ३ मिनेटको समय छुट्टाइएको छ ।









