निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, माघ २२, २०८२
Wednesday, February 4, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

नेपालमै उत्कृष्ट बन्यो जिल्ला प्रशासन कार्यालय पर्वत

पर्वत/

गृह मन्त्रालयले हालै सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय पर्वतले ९५दशमलव ७१ अंक प्राप्त गरि नेपालमै उत्कृष्ट बनेको छ ।
हरेक वर्ष गृहमन्त्रालयले कार्यसम्पादनको आधारमा जिल्ला प्रशासन कार्यालयहरुको मुल्यांकन गर्ने गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले प्रदान गरेको सेवा , कार्यसम्पादन र मापदण्डका आधारमा मन्त्रालयले सार्वजनिक गरेको अंकका आधारमा जिल्ला प्रशासन कार्यालय पर्वत नेपालमै उत्कृष्ट जिल्ला हुन सफल भएको प्रमख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
प्रजिअ घिमिरेका अनुसार पर्वत जिल्लाले पहिलो चौमासिकमा २९.०६ दोस्रोचौमासिकमा १९.२५तेस्रो चौमासिकमा १७.८७ र चौथो चौमासिकमा २९.५२ अंक प्राप्त गरेको थियो ।
हामीले नागरिकका गुनासोहरु समयमानै सुन्ने हरेक सेवाहरु नागरिकमैत्री वनाउने प्रयास गरिरहेका छौ यो उपलब्धि सवैको सहकार्यले गर्दा सम्भव भएको हो प्रजिअ घिमिरेले भन्नु भयो । यस उपलब्धीले अझै प्रभावकारी सेवाका लागी हौसला मिलेको उहाले वताउनुभयो ।
गृहमन्त्रालयले गरेको कार्यसम्पादन मुल्यांकलमा भक्तपुर दोस्रो, नुवाकोट तेस्रो र मनाङ चौथो र धनकुटा पाचौं स्थानमा रहेका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img