पर्वत । नेकपा (एमाले) कुश्मा नगर कमिटिले आगामी कार्तिक २५ गते कुश्मामा मोटरसाइकल र्याली गर्ने भएको छ ।
एमालेले देशभरै पछिल्लो राजनैतिक घटनाक्रम पछि जागरण सभा, जनप्रदर्शनहरु गरिरहेको छ ।
आगामी कार्तिक २८ गते जिल्ला स्तरीय जनप्रदर्शन गर्न लागेको एमालेले सवै पालिका तथा वडाहरुमा समेत प्रदर्शन गर्ने गरी तयारी गरीरहेको छ ।
सरकारले फागुन २१ गते निर्वाचन घोषणा गरे पनि एमालेले भने निर्वाचनको वातावरण अझै नबनेको भन्दै दवाबमुलक जनप्रर्दशनहरु गरीरहेको छ ।








