निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, माघ २२, २०८२
Wednesday, February 4, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

देशको रक्षा गर्ने दायित्व एमालेको काधमा आएको छ :केन्द्रिय सदस्य गिरी

पर्वत /

नेकपा एमालेका केन्द्रिय सदस्य पदम गिरीले देशको रक्षा गर्ने दायित्व एमालेको काधमा आएको बताउनुभएको छ ।
आज नेकपा एमाले कुश्मा नगर कमिटिले पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजना गरेको मोटरसाईल र्‍याली पश्चात कोण सभालाई सम्वोधन गर्दै गिरीले देश र लोकतन्त्रको रक्षाका लागी एक हुन सवैलाई आग्रह गर्नूभयो ।

जेन्जीहरुले उठाएका मागहरु जायज भए पनी आन्दोलन उग्र, अराजक भै देशले ठुलो क्षती व्यहोर्नुपरेको बतादै अब देशको सार्वभौमसत्ताको रक्षाको लागि उठ्नु पर्ने वेला आएको वताउनु भयो ।

र्‍याली कुश्मा वजार परिक्रममा गरी लोकतन्त्र चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा नेकपा एमालेका केन्दिय , प्रदेश तथा जिल्लाका नेता कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो ।

एमालेले देशै भर राजनैतिक घटनाक्रम पछी जागरण अभियान अर्न्तगत सभा तथा जनप्रदर्शनहरु गर्दै आएको छ । पर्वतमा आगामी कार्तिक २८ गते जिल्ला स्तरीय जनप्रदर्शन गर्न लागेको एमालेले आज कुश्मा वजार र फलेवास नगरपालिकामा मोटरसाईल र्‍याली सम्पन्न गरेको छ ।

सरकारले फागुन २१ गते निर्वाचन घोषणा गरे पनि एमालेले भने निर्वाचनको वातावरण अझै नबनेको भन्दै दवाबमुलक जनप्रर्दशनहरु गरीरहेको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img