निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, पहिलो दिन प्रभातफेरी कार्यक्रम सम्पन्न

पर्वत/

गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वतको आयोजना तथा नागरिक समाज संजाल पर्वत, शिक्षाका लागि राष्ट्रिय अभियान पर्वतको समन्वय तथा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र एकीकृत सेवा कार्यालय पर्वतको सहकार्यमा पर्वत जिल्लामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २५ न‍भेम्बरदेखि १० डिसेम्बर सम्म पहिलो दिन प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।


प्रविधिको सहि प्रयोग गरौंः लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने मुलनाराको ब्यानर र सुचनामुलक प्लेकार्ड सहित जिल्ला प्रशासन कार्यालयवाट शुरु भई शिवालय चोकमा समापन गरिएको थियो ।
समापन कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य दिदै प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले प्रविधिको विकास सँगसगै विभिन्न सामाजिक संजालको दुरुपयोगले समाजमा आत्महत्या गर्न वाध्य पार्ने तथा अन्य हिंसाका घटनाहरु बढिरहेको बताउदै यस सन्दर्भमा सरकारीनिकाय तथा गैरसरकारी संघ संस्थाहरु र नागरिक समाज सँगै मिलेर सामुहिक प्रतिवद्वता व्यक्त गर्नुपर्ने बताउनु भयो ।अन्तमा कार्यक्रम आयोजना गरेकोमा गैसस महासंघलाई धन्यवादसमेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा नागरिक समाज संजाल पर्वतका संयोजक माया अधिकारिले विगतमा घरेलुहिंसा वाट शुरु भएको महिला हिंसा हाल प्रविधि विकासका कारणवाट समेत हुन थालेकोमा चिन्ता व्यक्त गर्दै कार्यक्रममा महिलाहरुको उल्लेख्य सहभागिताले खुसि व्यक्त गर्नुभयो ।

आगामि कार्यक्रमको वारेमा एकीकृत सेवा कार्यालय र कुस्मा नगरपालिका सँग समन्वय गरि तय गर्ने वताउदै कार्यक्रमको समापन शाखाका अध्यक्ष कृष्ण प्रसाद शर्माले गर्नु भएको थियो भने कार्यक्रम संचालन शाखाका सचिव वलिनारायण रेग्मिले गर्नुभएको थियो।

कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत घनश्याम गौतम लगायत कर्मचारीहरु जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि तथा नागरिक समाज संजालमा आवद्व संघ संस्थाहरुको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img