निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, पुस ७, २०८२
Monday, December 22, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतको संकरपोखरीमा वालकचहरी, छुवाछुतमुक्त विद्यालय बनाउन विद्यार्थीको माग


७ पौष २०८२ पर्वत /
पर्वतको फलेवास ३ संकरपोखरीमा वालकचहरी सम्पन भएको छ । सुक्रवार फलेवासको राम माध्यमिक विद्यालयमा आयोजना गरिएको वालकचहरीमा वालवालिकाहरुले खुलेरै आफ्ना समस्या रखेका छन् ।
विद्यालय जस्तो पवित्रा संस्थामा अझै पनि छुवाछुतको व्यवहार गर्ने गरेको भन्दै विद्यार्थीहरुले सर्वप्रथम छुवाछुतमुक्त विद्यालय बनाउन माग गरेका छन् ।
त्यसैगरि विद्यार्थीहरुले विद्यालयमा ईन्टरनेटको सुविधा हुनुपर्ने, समय समयमा कम्प्यूटरको मर्मत गर्नुपर्ने विद्यालयमा स्वास्थ्य जाच , शैक्षिक गुणस्तरमा सुधार लगाएतका माग राखेका छन् ।


उनिहरुले बाल अधिकारका ४ वटा क्षेत्र बाच्न पाउने अधिकार, संरक्षणको अधिकार , विकासको अधिकार र सहभागिताको अधिकार मा भोग्नु परेका समस्य तथा वर्तमान अवस्थामा देखिएका सवालहरुको वारेमा समेत आफ्ना धारणहरु राखेका छन् ।
वाल कचहरीमा वालवालिकाहरुले करिव २ दर्जन प्रश्न राखेका थिए । उठान गरेका विषयहरुमा वोल्दै फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले वालवालिकाहरुले उठाएका सवालहरु सकारत्मक रहेकोमा केही विषयहरु नेपालको संविधानले नै व्यवस्था गरेको वताउदै कानुनी अधिकार सवैको हक भएको वताउनुभयो ।
विद्यालयमा छुवाछुतको बिषय उठ्नु दुःखको कुरा रहेकामा यस विषयमा आफुु पनी गम्भिर भएको बताउनु भयो ।
गुणस्तरिय शिक्षाका लागि नगरपालिका वाट विभिन्न अभ्यासहरु भैरहेकोमा थप प्रभावकारीताका लागि कार्यन्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वालकचरीमा उठेका विषयहरुमा उपप्रमुख शोभा कुमारी क्षेत्री ,प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञावाली , शिक्षा विकास अधिकृत कृष्ण प्रसाद आचार्य , स्वास्थ्य शाखा प्रमुख रुद्र प्रसाद सापकोटा, विद्यालयका प्रधानध्यापक दोर्ण प्रसाद भुसाल सोडेक नेपालका अध्यक्ष देवीप्रसाद तिमिल्सिना लगायतले जवाफ दिनुभएको थियो ।
कार्यक्रममा गुडनेवर्सइन्टरनेशलन नेपालका कलष्टर प्रमुख रञ्जीत चौधरी, परियोजना संयोजक रमेश प्रसाद रिजाल शिक्षकहरु तथा ३ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
समाज कल्याण श्रोत विकास केन्द्र पर्वतले गुडनेवर्स ईन्टरनेशनल नेपालको सहयोगमा आयोजना गरेको वालकचरीमा फलेवास नगरपालिकाको समन्वय रहेको थियो । कार्यक्रममा पत्रकार राजेन्द्र पहाडीले सहजिकरण गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img